राष्ट्रिय सभा अध्यक्षमा गणेशप्रसाद तिमल्सिना निर्विरोध

  बगैचा सम्वाददाता


काठमाडौ

राष्ट्रिय सभा अध्यक्षमा वाम गठवन्धनका तर्फबाट उम्मेदवारी दिएका गणेशप्रसाद तिमल्सिना निर्विरोध चयन भएका छन् । संघीय संसद भवनमा आज बसेको राष्ट्रिय सभा बैठकले तिमल्सिना निर्विरोध चयन भएको घोषणा गरेको हो । एमालेका खिमलाल भट्टराईको प्रस्ताव तथा माओवादी केन्द्रका दीनानाथ शर्मा र एमालेका सुमनराज प्याकुरेलको समर्थनमा तिमल्सिनाले अस्ति सोमबार मनोनयन दर्ता गराएका थिए । आजै बसेको बैठकले राष्ट्रिय सभाका उपाध्यक्षको निर्वाचनको मिति पनि तय गरेको छ । आगामी आइतबार उपाध्यक्ष चयन गर्ने कार्यतालिका तय भएको छ । संघीय संसद सचिवालयले आगामी चैत ३ गते शनिबार ११ देखि २ बजेसम्म उपाध्यक्षको मनोनयन दर्ता गर्ने समय छुट्टयाएको छ । ४ गते आइबार १ बजे बस्ने बैठकले राष्ट्रिय सभाको उपाध्यक्ष चयन गर्ने संघीय संसद सचिवालयले जनाएको छ । त्यसअघि राष्ट्रिय सभाको बैठक पर्सि शुक्रबार दिउँसो ३ बजेका लागि बोलाइएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार