प्रधानन्यायाधीश गोपाल पराजुलीले राष्ट्रपति समक्ष बुझाए राजीनामा

  बगैचा सम्वाददाता

काठमाडौ

प्रधानन्यायाधीश गोपाल पराजुलीले राष्ट्रपति समक्ष राजीनामा बुझाएका छन् । न्याय परिषदबाट बुधबार पदमुक्त भएको जानकारी दिएको थियो। न्यायपरिषदले भने बुधबार नै प्रधानन्यायाधीशलाई पदमा नरहेको लिखित जानकारी गराउँदै राष्ट्रपति कार्यालयलाई बोधार्थ दिइसकेको थियो ।परिषद्ले अवकास पाइसकेको भन्दै पत्र थमाएपछि पराजुलीले आफू पदमै रहेको र सर्वोच्च गएर पेशी तोक्ने बताएका थिए । उनी साँझ प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न भन्दै बालुवाटार पनि पुगेका थिए ।
न्यायपरिषदले पदमुक्त भएको भन्दाभन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार पराजुलीबाट सपथ ग्रहण गरेकी थिइन् ।आफ्नो सपथग्रहणलाई वैधानिकता दिनकै लागि राष्ट्रपतिले हिजै पदमुक्त भइसकेका व्यक्तिको राजीनामा आजको मितिबाट लागू हुनेगरी बुझेकी हुन् । अन्यथा, गत साउन २१ मै पराजुली ६५ वर्ष पुगिसकेका हुन् भने उनको राजीनामा आज (चैत १) देखिमात्रै लागु हुने गरी राष्ट्रपति कार्यालयमा दर्ता हुनु हास्यास्पद त छ नै, यसले संविधानको संरक्षक संस्थाको गरिमामाथि पनि प्रश्न उठाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार