कुनै पनि बहानामा अनियमितता अस्वीकार………..

०४ चैत २०७४,  काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि बहानमा अनियमितता स्वीकार नहुने चेतावनी दिएका छन्। प्रधानममन्त्री कार्यालयमा आइतबार मन्त्री, मुख्य सचिव र सचिवहरुलाई निर्देशन दिँदै उनले भ्रष्टाचार र ढिलासुस्ती रोक्न निर्देशन दिए। जनताको काम नगर्ने छुट कसैलाई नभएकोले इमान्दारितापूर्वक आफ्नो काम गर्न प्रधानमन्त्रीले निर्देशन दिएको सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले बताए। विकास र समृद्धिको योजना सहित सिंहदरबार छिरेको बताउँदै प्रधानमन्त्रीले मन्त्री र कर्मचारीहरुलाई त्यही अनुसार काम गर्न निर्देशन दिएका थिए।  कर्मचारीलाई खटाएको ठाउँमा नजाने छुट नभएको भन्दै तुरुन्तै काममा पठाउन समेत प्रधानमन्त्रीले निर्देशन दिएको पण्डितले बताए। ‘प्रधानमन्त्रीले कर्मचारीलाई खटाएको ठाउँमा छिटो पठाउन निर्देशन दिनु भएको छ’, पण्डितले भने, ‘१/२ दिनभित्रै काममा नगए यहाँको हाँजिर बन्द हुन्छ।’

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार