पुटिन चौथो कार्यकालका लागि निर्वाचित……..

५ चैत, काठमाडौं । रुसको राष्ट्रपति निर्वाचनमा भ्लादिमिर पुटिन धेरै मतअन्तरले विजयी भएका छन् । अब उनी आउँदो ६ वर्षसम्म रुसको राष्ट्रपति रहने छन् । आइतबार रुसमा राष्ट्रपति निर्वाचन भएको थियो । विपक्षीलाई ठूलो मतान्तरले पछि पार्दै पुटिन चौथो कार्यकालका लागि निर्वाचित भएको बीबीसीले लेखेको छ । अधिकांश मत गणना भइसक्दा पुटिनले ७६ प्रतिशत मत पाएको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । पुटिनले सन् १९९९ देखि नै रुसको सत्ता सम्हाल्दै आएका छन् । प्रारम्भिक नतिजाले जित सुनिश्चित भएलगत्तै मस्कोमा निकालिएको विजयी र्‍यालीलाई सम्वोधन गर्दै पुटिनले आफ्नो अघिल्लो कार्यकाललाई मतदाताले सही मूल्यांकन गरेको बताए । राष्ट्रपति चुनावमा सातजना उम्मेदवार थिए तर पुटिनसँग निकट प्रतिस्पर्धामा पावेल ग्रुदिनिन थिए । उनले १२ प्रतिशत मात्रै मत पाएका छन् । यसैगरी केसेनिया सोब्चाक, भ्लादिमिर झिरिनावस्कीले क्रमशः २ र ६ प्रतिशत मत मात्रै पाएका छन् । सोब्चाक रियाली टीभी कार्यक्रमको पूर्व प्रस्तोता हुन् भने झिरिनावस्की भेट्रान नेश्नलिस्ट नेता हुन् । प्रमुख विपक्षी नेता एलेक्सेइ नाभाल्नीलाई भने उम्मेदवारी दिन नै रोक लगाइएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार