विश्वको सबैभन्दा चर्चित ‘ए.आई.’ सोफिया……..

चैत ७, २०७४   काठमाडौँ । सोफिया मानव मुखाकृति भएको रोबोट हो । हङ्गकङ्गस्थित ह्यान्सेन रोबोटिक्सले यसको निर्माण गरेको हो । ह्यान्सेन रोबोटिक्स लिमिटेडले आफ्नो वेबसाइटमा उल्लेख गरे अनुसार कम्पनी पढाउने, हेरचाह गर्नेे, मनोरञ्जन दिने र साथ दिने बौद्धिक र भावनात्मक रोवोट बनाउन केन्द्रित रहेको छ । सोफियालाई कम्पनीले खासमा बृद्धवृद्धाहरुको हेरचाह गर्न र भीडभाडयुक्त कार्यक्रममा सहभागीहरुलाई सघाउने हिसाबले बनाएको थियो । सोफिया ह्यान्सेनले बनाएको दश मानव मुखाकृति भएका रोबर्टहरु मध्य एक हो । सोफियाको अनुहार हलिउडकी पुरानी नायिका ओड्री हेपवनको अनुहारको ढाँचामा बनाइएको छ । ह्यान्सेनले बनाएको दश रोबोटहरुमध्ये सोफियाका अलावा आइन्स्टाइनको अनुहार भएको रोबर्ट पनि चर्चित छ । यही मानव समान छालाका कारण ह्यान्सेनले बनाएका रोवर्टले धेरै मानव सम्बेदना व्यक्त गर्न सक्छ । जस्तो कम्पनीले सोफियाले ६२ वटा मानवीय समवेदना व्यक्त गर्न सक्ने बताइएको छ । सोफियालाई उसको निर्माता कम्पनीले २०१५ एप्रिल १९ मा क्रियाशील गरेको थियो । सन् २०१६ को मार्चमा वार्षिक रुपमा आयोजना हुने ‘साउथ वाई साउथवेस्ट फेस्टीवल’को सार्वजनिक गरिएको थियो । ह्यान्सेन रोबोटिक्सले बनाएका रोवोटहरुको विशेषता भनेको यसको मानवजस्तो छाला हो । अङ्ग्रेजीमा ‘फ्लेस रबर’को छोटो रुप ‘फ्रबर’ नाम दिइएको वस्तु ह्याान्सेन रोबोटिक्स आफैले आविष्कार गरेको यसको वेबसाइटमा उल्लेख छ । यसमा यो कम्पनीले ‘प्याटेन्ट’ लिएको बताएको छ । यो विशेष खालको छाला छुदाँ मानव छाला जस्तै अनुभव हुन्छ । साथै यो उत्तिकै लचकदार पनि रहेको छ । निर्माता डेभिड ह्यान्सनका अनुसार सोफियाले ‘आर्टिफिसियल इन्टिलिजेन्स’ प्रयोग गर्दछ । ‘आर्टिफिसियल इन्टिलिजेन्स(ए.आई.)’ भन्नाले मानव निर्मित प्रविधीले मानवस्तरको बौद्धिक क्षमता प्रदर्शन गर्नसक्ने अवस्थालाई जनाउछ । सोफियामा जोडिएको सफ्टवयरले मानवसँगको अन्तक्रिया गर्दै जाँदा उसको सिक्दै जान सक्ने रहेको बताइएको छ । अक्टोबर २०१७ मा यस रोबोटलाई साउदी अरेबियाले नागरिकता दिएपछि यसले विशेष चर्चा पाउन थालेको हो । केहीले साउदीको आफ्ना महिला नागरिकहरु प्रति चरम नियन्त्रणकारी व्यवहार तर्फ इसारा गर्दै महिला आकृतिको रोबोट सोफियालाई दिएको नागरिक्ताको व्यङ्ग्य गरेका थिए । यो बारेमा लामो समयदेखि काम भइरहेको छ । असीको दशकमा ए.आई.ले चाडैँनै मानव बराबर क्षमता हासिल गर्ने अनुमान गरिएको थियो । तर, अनुमान गरिएको दरमा प्रविधीहरु विकास हुन नसकेपछि यसको बारेमा वैज्ञानिक जगत र सार्वजनिक दुवै रुपमा चासो कम भयो ।

नेपालमा सोफिया

यही क्रममा राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले ‘सार्वजनिक सेवाका लागि प्रविधि’ विषयमा गरेको सम्मेलनमा सोफियालाई नेपाल ल्याएका हो । कार्यक्रममा बोल्दै सोफियाले प्रविधिको प्रयोगले सुशासन कायम गर्न सक्ने भएकाले भ्रष्टाचारमुक्त समाज बनाउने सकिने बताइन् । सोफियाले नेपालमा प्रविधिको सही तरिकाले अवलम्बन गर्न सके विकासले गति लिने विश्वास व्यक्त गरिन् । कार्यक्रममा युएनडिपीका मायरले सोफियालाई रोबोटले नेपालका जनतालाई सेवा पुर्याउने क्षेत्र के हुनसक्छ सोधेका थिए । जवाफमा सोफियाले रोवर्टहरुले धेरै गर्न सक्ने बताइन् । उनले शिक्षा, टेलमेसिनरी, खेती , सुचना प्रविधि क्षेत्रको नामनै उल्लेख गरिन् । कार्यक्रममा सोफिया युएनडीपीको लोगोअंकित सेतो टी–शर्ट लगाएर पोडियमबाट जबाफ दिइरहेकी थिइन् । कार्यक्रमको दौरान उनले प्रविधिको मद्दतले भोकमरी, भ्रष्टाचार, लैङ्गकि असमानताका मुद्दाहरु सम्बोधन हुन सक्ने बताइन । साथै प्रविधिको अभिन्न अङ्ग रहेको इन्टरनेटको सहयोगले नेपालका कुनाकुनालाई संसारसँग जोड्न सकिने र शिक्षा विस्तारमा सहयोग गर्न सकिने बताइन् । साथै उनले निष्कर्ष सुनाइन हामीले भएका सीमित स्रोत साधनको उचित प्रयोग गरेर संसारलाई अझ राम्रो बनाउन सक्छौं ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार