लहान बम विस्फोट ६ घाइते

  बगैचा सम्वाददाता

काठमाडौ
लहान नगरपालिका ७ को एक सुनचाँदी पसलमा बम विस्फोट भएको छ। शुक्रबार लहानमा हाट बजार लाग्ने भएकाले सुनचाँदी पसलमा भिड रहेको थियो । विकास ट्रेडर्स, सुनचाँदी पसलमा अपरिचित समूहले राखेको बम बिस्फोट हुँदा ६ जना घाइते भएका छन्। त्यहि भिडमा एक अपरिचित आएर शंकास्पद झोला राखेका थिए। उनले झोला राखेको केही बेरमै विस्फोट भएको पसल सञ्चालक विकास सारडाले बताए। यो ठाउँमा प्राय सुनचाँचदीका पसलहरु रहेका छन्। घटनास्थलबाट करिब ५ सय मिटर उत्तरमा शसस्त्र प्रहरी प्रहरी र त्यतिकै दूरी दक्षिणमा इलाका प्रहरी कार्यालय रहेको छ। बम विस्फोट कसले र किन गरायो भन्ने बारे थप जानकारी भने आउन बाँकी छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार