हङकङ नेपाली महासंघले १९ औं वार्षिक उत्सव मनाउँदै

  टोपबहादुर याक्खा

२४ मार्च, हङकङ– हङकङ नेपाली महासंघले आउँने २९ अप्रिल, आइतबार साँझ याउ मा तेई कम्युनिटी हलमा आफ्नो १९ औं वार्षिक उत्सव मनाउँने भएको छ । महासंघकी अध्यक्ष रिता गुरुङको अध्यक्षतामा सम्पन्न महासंघको १५ औं नियमित बैठक संगै पोष्टर सार्बजनिक गर्दै सो बारे संघकी अध्यक्ष रिता गुरुङले जानकारी दिएकी हुन ।
महासंघ अन्तर्गत रेहेका विभिन्न क्षेत्रिय तथा जातिय संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधीहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा गृह मामिला विभाग अन्तर्गत नेपाली समुदायको लागि सामुदायिक सेवा समुहको सेवा परियोजना २ वर्षका लागि पूनः हङकङ नेपाली महासंघले पाएको समेत अध्यक्ष गुरुङले बताएकी थिईन ।
२ सयको हाराहारीमा रेहेका विभिन्न जातिय, क्षेत्रिय, धार्मिक तथा राजनैतिक संघ संस्थाहरुको छाता संगठनको रुपमा रहेको हङकङ नेपाली महासंघले वार्षिक उत्सवमा शिक्षा, श्वास्थ्य, खेलकुद, साहित्य, पत्रकारिता, समाजसेवा, गीत  संगित लगायत विभिन्न विधामा उत्कृष्ट काम गर्ने व्यक्ति तथा समाजलाई विशेष व्यक्तित्वको उपस्थिति बीच सम्मान गर्दै आएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार