प्रमुखहरूलाई रातो पासपोर्ट देखि ‘अफिसियल’ राहदानी प्रदान गरिने

  बगैचा सम्वाददाता

काठमाडौँ

सोमबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुखदेखि जिल्ला समन्वय समितिका प्रमुखसम्मलाई कुटनीतिक राहदानी अर्थात रातो पासपोर्ट र नगरपालिका र गाउँपालिका प्रमुखलाई ‘अफिसियल’ राहदानी प्रदान गर्ने निर्णय पनि गरेको छ। साथै सरकारले निर्वाचनका बेला भएका विभिन्न घटनामा परी घाइते तथा अंगभंग भएकाहरुलाई अस्पतालको बील बमोजिमको रकम प्रदान गर्ने निर्णय गरेको छ । यस्तै आजको बैठकले नेपाली सेनाका १३ जना महासेनानीको दुई वर्षका लागि म्याद थप समेत गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद वाँस्कोटाले जानकारी दिएका छन् । आगामी चैत १५ राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रिय सभालाई संयुक्त सम्बोधन गने निर्णय समेत मन्त्रिपरिषदले गरेको छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार