नाकाबन्दीमा पार्टी किन मौन ?……….

१३ चैत २०७४,  काठमाडौं-   भारतीय नाकाबन्दीलाई कांग्रेसले नाकाबन्दी भन्न नसक्नु कमजोरी भएको उनको भनाई छ। राष्ट्रियताको सवालमा कांग्रेसलाई भारत परस्त बनाएको भन्दै कोइरालाले बलोचना गरे। नाकाबन्दीलाई हामीले नाकाबन्दी भन्न सकेनौं । राष्ट्रियताको सवालमा हामीलाई भारत परस्त बनाइयो । जब कि हामी न भारतपरस्त हौं न चीनपरस्त हौं हामी नेपाल परस्त हौं,’ उनले भने। संविधानसभाबाट जारी गरिएको संविधानलाई नै च्यालेन्ज गर्ने गरी यूरोपियन यूनियनले गम्भिर र आपत्तीजनक प्रतिवेदन सार्बजनिक गरेर नेपाललाई जातिय द्घन्दमा लैजान खोजेको उनको भनाई छ। लिखितरुपमा भनाई राखेका उनले यसले कतै नेपाल अन्तराष्ट्रिय शक्तीहरूको खेल मैदान त बन्दै छैन भनेर झस्काएको बताए।नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेकपा एमाले र नेकपा माओवादी केन्द्रले एउटै घोषणापत्र र स्थिर सरकारको नारा लिएर जानु नै हारको कारण भएको बताएका छन्। पार्टीको जारी केन्द्रीय समिति बैठकमा बोल्दै कोइरालाले कांग्रेसले निर्वाचनको लागि बनाएको लोकतान्त्रिक गठबन्धन किन र कसका लागि थियो भन्दै प्रश्न गरे। बैठकमा बोल्दै उनले भने, ‘ अमुख व्यक्तिहरुलाई जिताउन ? कि काग्रेंसी कार्याकर्ताहरुको आँखामा छारो हाल्ने काम त भएको होइन ? लोकतान्त्रिक गठबन्धन केवल मधेसी मोर्चाका लागी मात्रै थियो। निर्वाचन लगतै मधेसी मोर्चाकै २ जना व्यक्तिलाई किन प्रदेश प्रमुख बनाउन पर्यो ? नेपाली काग्रेंसमा मधेसी समुदायभित्र योग्य मान्छे थिएनन् ? मधेसी समुदायलाई पार्टीबाट किन टाढा पार्न खोजिदैंछ । मधेस काग्रेंसको उर्वर भूमि हो किन यसलाई कमजोर पारिदैंछर?’ प्रचण्ड प्रधानमन्त्री हुने बितिकै मैले सभापतिज्यूलाई भनेको थिएँ–पार्टी त कब्जा गर्नुभयो तर देश कम्युनिष्टले कब्जा गर्छ। हो आज हामी त्यही बिन्दुमा आईपुगेका छौं’ उनले बैठकमा भने। पार्टी सभापतिज्यू सायद स्थानीय निर्वाचनपछि चितवन जानुभएको छैन भन्दै कोइरालाले भने, ‘यदि गएको भएपनि कार्यकर्तालाई भेट्नुभएको छैन होला। महामन्त्रीजी धेरै पटक जानुभयो तर कार्याकर्तासँग राम्ररी संवाद भएको छैन होला। चितवनका कार्याकर्ताले हामीलाई सोध्न थालेका छन् –एकपटक हसिँया हथौडामा भोट हाल्न भन्नुभयो, अर्कोपटक हलोमा । अब आउँने निर्वाचनमा हामीले के मा भोट हाल्ने ? सभापतिजी हामीले कार्यकतालाई के जवाफ दिने ?’ कांग्रेसमा आज सम्म पनि कम्युनिष्टहरुसँगको सहकार्यको परिणामले देश र जनतालाई हित गर्यो कि गरेन भन्ने बहस रहेको बताउँदै उनले त्यही पार्टीको केन्द्रीय सभापतिले माओवादीको आमसभामा गएर हसिँया हथौडामा भोट माग्दा अन्य ठाउँमा माओवादीसँगै प्रतिस्पर्धा गरिरहेका काग्रेंसका उम्मेद्वारहरुको मनोबल कहाँ पुग्यो होला भन्दै प्रश्न गरे। कम्युनिष्टहरुको प्रचण्ड बहुमतको नेतृत्व गरेका केपी ओली सरकारका प्रारम्भिक क्रियाकलापहरुले नै मुलुकमा अधिनायकवाद निम्त्याउँने संकेत देखिइसकेको उनको भनाई छ। ‘यो सरकार राज्यसत्ता कब्जाको गर्ने तर्फ अगाडी बढ्दैछ’, उनले भने, ‘न्यायपरिषदको सचिवले प्रधानन्यायधिसलाई बर्खास्त गर्नू अधिनायकबादको प्रवेशको पहिलो खूड्किलो हो। ओली सरकारले अब बिस्तारै थाहा नपाउँने तरिकाले मिडिया सेन्सरसिप लगाउँछ । त्यसपछी सूरक्षा निकाय कब्जा गर्छ। काग्रेंसले अधिनायकवादका विरुद्ध लड्न नसक्ने होइन तर अहिलेको यस्तो काग्रेंसले अधिनायकवादका विरुद्ध लड्न सक्दैन। दिल्लीस्थित एपोलो हस्पिटलमा उपचार गराई रहेका केन्द्रीय सदस्य खूमबहादुर खड्काको स्वास्थ्य अवस्थाबारे पार्टी बेखबर हुनु दुर्भाग्य भएको कोइरालाले बताए।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार