ब्रिफिङमा बिदेशी कुटनीतिकहरू……..

१४ चैत २०७४,  काठमाडौं– प्रधानमन्त्री केपी ओलीले आज काठमाडौमा रहेका कुटनीतिक नियोगका प्रमुखहरुलाई गरेको ‘कुटनीतिक ब्रिफिङ’मा आफ्नो सरकारका नीति तथा कार्यक्रमहरु छ वटा आधारभूत स्तम्भबाट निर्देशित हुने बताएका छन् । प्रधानमन्त्री ओलीले राष्ट्रियता, लोकतन्त्र, समानतामा आधारित सामाजिक न्याय, समावेशी राजनीति, कानुनी राज र अहिंसा मुख्य आधारस्तम्भ रहेको उल्लेख गरे । मुख्य अाधारभूत स्तम्भराष्ट्रियता,लोकतन्त्र, समानतामा आधारित सामाजिक न्याय, समावेशी राजनीति, कानुनी राज र अहिंसा पहिलो राष्ट्रियता हो जसले हाम्रो सार्वभौमसत्ताको संरक्षण, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनता र राष्ट्रिय स्वार्थको परिपूर्ती गर्नेछ ।’ प्रधानमन्त्री ओलीले भने, ‘लोकतन्त्र अर्को आधारभूत स्तम्भ हो । दिगो लोकतन्त्र हामीबाट कसैले चुँड्न सक्दैन ।’ समानतामा आधारित सामाजिक न्याय विना हामीले दिगो शान्ति र सम्बृद्धि हासिल गर्न नसक्ने बताउँदै ओलीले भने, ‘अनेकतामा एकता नै नेपाली समाजको विशेष चरित्र हो र नेपालको सामाथ्र्य पनि । कुटनीतिक ब्रिफिङमा प्रधानमन्त्री ओलीले गएको एक दशकमा नेपालको ऐतिहासिक रुपान्तर भएको उल्लेख गर्दै यसको प्रभाव राष्ट्रिय जीवनका हरेक क्षेत्रमा परेको बताए । हामी राजनीतिक स्थायित्वको नयाँ युगमा प्रवेश गरेका छौं ।’ ओलीले भने, ‘यसका लागि हामीले हरेक चरणमा ठूलो मुल्य चुकाएका छौं ।  निर्वाचित निकायमा महिलाको ४१ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गराउन नेपाल सफल भएको अनुभव सुनाउन पाउँदा मलाई खुशी लागेको छ ।’ ओलीले भने, ‘कुनै पनि मापदण्डमा यो चानेचुने उपलब्धि हैन । बराबरी प्रतिनिधित्व गराउन अब ९ प्रतिशतको अन्तर मेटाउन पनि हामी थप प्रयास गर्दैछौं।’

आपसी विश्वासनै सम्वन्धको आधार

प्रधानमन्त्री ओलीले दुई छिमेकी चीन र भारतसँग सौहार्दपूर्ण सम्वन्ध राख्दै त्यसमै रमाउने उल्लेख गरे। आपसी विश्वासनै सम्वन्धको आधार रहेको उनको भनाई थियो। हामीले छिमेकका सकारात्मक स्वर्थहरुको सम्मान गर्छौं तर त्यहाँ भन्दा बढि स्वीकार्य हुँदैन’, ओलीले भने। विकास साझेदारहरुबाट प्राप्त सहयोगलाई स्वीकार गर्दै यसलाई व्यवस्थित बनाउने उनको भनाई थियो। उनले विकास साझेदारलाई नेपालको प्राथमिकताको आधारमा सहयोग गर्न आग्रह गरे। उनले यसमा यहाँको नेतृत्व, स्वामित्व र सम्मान हुन जरुरी भएको बताए। ओलीले यस्ता सहयोगहरु सरकारको मध्यमबाट आउनु पर्नेमा जोड दिए।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार