किम जोङ-उन बेइजिङ !……….

चैत १४, २०७४  बेइजिङ भ्रमणमा गएको उत्तर कोरियाली उच्च प्रतिनिधिमण्डलमा सर्वोच्च नेता किम जोङ उन पनि रहेको हुनसक्ने अनुमान गरिएको छ । नाटकीय ढंगले बेइजिङ पुगेको उत्तर कोरियाली प्रतिनिधिमण्डल चढेको विशेष प्रकारको रेलले उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनलाई पनि बेईजिङ पुर्याईएको विश्वभरका विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । दक्षिण कोरियाली कन्जरभेटिम इल्बोे पत्रिकाले एक उच्च गुप्चरको नाम उल्लेख नगरी उधृत गरेअनुसार बेइजिङ पुगेको उत्तर कोरियाली प्रतिनिधिमण्डलमा किम पनि सहभागी रहेको र हाल उनी उत्तर कोरिया फर्किसकेको जनाएको छ । वामपन्थी निकट दक्षिण कोरियाली पत्रिका ‘हान्कयोरेह’ले पनि उत्तर कोरियाली नेता किम चिनियाँ राष्ट्रपति सी जिनपिङसँग बैठक गर्न सोमबार दिउँसो बेईजिङ पुगेको जनाईएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार