मलाला पाकिस्तान फर्किइन् ……….

चैत्र १५, २०७४ -पाकिस्तानी महिला शिक्षा तथा बालअधिकारवादी अभियन्ता एवं सन् २०१४ को नोवेल शान्ति पुरस्कार विजेता मलाला युसुफजई पुन: पाकिस्तान फर्किएकी छिन् । सन् २०१२ मा तालिवानी लडाकुको आक्रमणमा परेपछि पहिलोपटक मलाला पाकिस्तान फर्किएकी हुन् । पाकिस्तानको स्वात उपत्यकामा तालिबानी लडाकूले बालिकाहरुलाई विद्यालय जान प्रतिबन्ध लगाएको समयमा महिला तथा शिक्षाको लागि वकालत गरेको भन्दै उनीमाथि आक्रमण भएको थियो । सो आक्रमणमा उनको कन्चटमा गोली लागेको थियो । त्यसयता उनी बेलायतको बर्मिङघममा बस्दै आएकी छिन् । पछिल्लो पटक बेलायत सरकारले नै उनको उपचार र शिक्षाको जिम्मेवारी लिएको छ । मलाला नोवेल शान्ति पुरस्कार जित्ने हालसम्मकै कम उमेरकी व्यक्ति हुन् । सुरक्षाको लागि भन्दै मलालाको भ्रमण तालिकालाई गोप्य राखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यले उल्लेख गरेका छन् । यद्यपी मलालाले प्रधानमन्त्री शाहिद खाकान अब्बासीसँग भेट गर्नसक्ने आकंलन सञ्चारमाध्यमले गरेका छन् । यद्यपी त्यसको औपचारिक पुष्टी भएको छैन । उनले स्वात उपत्यकाको भ्रमण गर्ने वा नगर्ने बारेपनि केही खुलाइएको छैन ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार