तय भयो प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण

  बगैचा सम्वाददाता

काठमाडौ

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण मिति तय भएको छ । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री ओलीले आगामी चैत्र २३ गतेदेखि तीन दिन भारत भ्रमण गर्ने जनकारी दिएको हो । २३ गते भारत जाने प्रधानमन्त्री ओली २५ गते स्वदेश फर्कनु हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भारतीय राष्ट्रपति रामनाथ कोभिन्द, उपराष्ट्रपति वेकैया नायडु, समकक्षी नरेन्द्र मोदी लगायत उच्चपदस्थ भारतीय अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।  भ्रमणका दौरान प्रधानमन्त्री ओलीले पटनागर रउत्तराखण्डको भ्रमण गर्नेछन् भने गोविन्द बल्लभ पन्त युनिभर्सिटी अफ एग्रिकल्चर एण्ड टेक्नोलोजीमा आयोजना हुने कार्यक्रममा सहभागी हुनेछन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार