शिक्षक सेवा आयोगले अस्थायी शिक्षकको परीक्षा स्थगित

  बगैचा सम्वाददाता

काठमाडौ

शिक्षक सेवा आयोगले अस्थायी शिक्षकको परीक्षा स्थगित गरेको छ । अनेरास्ववियु, अखिल क्रान्तिकारी र नेविसंघले संयुक्त विज्ञप्ति जारी गरी परीक्षा स्थगित गर्न माग गरेका थिए । तीनवटै विद्यार्थी संगठनले शिक्षा ऐन नवौं संशोधन खारेजीको माग गर्दै दशौं संशोधन अघि बढाउनु पर्ने समेत माग गरेका छन् । आयोगले सूचना जारी गर्दै यहि चैत्र २३ गतेका लागि तोकिएको परीक्षा स्थगित गरिएको जनाएको छ । सूचनामा भनिएको छ – प्रकाशित भएको विज्ञापनबाट सबै रिक्त पद पूर्ति हुन नसक्ने र नियमित पठनपाठन पनि प्रभावित हुने देखिएकाले आन्तरिक र खुला विज्ञापन संगैसँगै शिक्षक पदपूर्तिलाई व्यवस्थापन गर्द उपयुक्त हुने व्योहोरा दर्शाई २०७४ चैत्र २३ गतेका लागि तोकिएको परीक्षा स्थगित गरिएको छ । संयुक्त विद्यार्थी संगठनले आगामी चैत्र २३ गतेका लागि तोकिएको अस्थायी शिक्षकको परीक्षा स्थगित गर्न माग गर्दै आज विहान काठमाण्डौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । यसैबीच, बिभिन्न विद्यार्थी संगठन लगायतले सुरु गरेका आन्दोलनका सम्पूर्ण कार्यक्रम समेत फिर्ता लिएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार