कक्षा १ मा भर्ना गर्न ८८ हजार !……..

चैत १८, २०७४  काठमाडौं – नयाँ शैक्षिक सत्रमा भर्नाका लागि निजी विद्यालयहरुले मनपरी शुल्क असुलिरहेका छन् । शुल्क तोक्ने जिम्मेवारीबाट केन्द्र र स्थानीय सरकार एकअर्कालाई देखाएर पन्छिए पछि निजी विद्यालयले जथाभावी शुल्क असुल्न थालेको र त्यसको मारमा अभिभावक परेका छन् । स्थानीय तहमा शिक्षासम्बन्धी ऐन नबनेका कारण शुल्क निर्धारण प्रक्रिया ठप्प छ ।  यसै अवस्थाको फाइदा उठाउँदै निजी विद्यालयहरुले आफूखुसी शुल्क असुलिरहेका हुन् । अधिकांश नाम चलेका र ठूला भनिएका स्कुलले भर्ना शुल्क आधा लाख रुपैयाँको हाराहारीमा असुली रहेका छन् । काठमाडौ.मा रहेको पाठसाला स्कुलले कक्षा १ मा नयाँ भर्नाका लागि ८८ हजार रुपैयाँ शुल्क तोकेको छ । पाठशालाले कक्षा १ को शिक्षण शुल्क ९ हजार मासिक र मासिक शुल्क १३ हजार रुपैयाँ लिने निर्णय गरेको छ । काठमाडौं धापासीमा रहेको त्रियोग स्कुलले केजी तहमा भर्ना गर्दा एकमुष्ट ७१ हजार १ सय ७३ रुपैयाँ लिन्छ । सो तहमा शिक्षण शुल्क २ हजार ३ सय ६३  तोकिएको छ । निजी विद्यालयमा लुटः कक्षा १ मा भर्ना गर्न ८८ हजार सम्म छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार