८२ बुँदे गृह प्रशासन सुधार कार्ययोजना सार्वजनिक……..

चैत १९, २०७४   काठमाडौँ । गृहमन्त्री राम बहादुर थापा ‘बादल’ ले अपराधको ग्राफ बढ्दै गएको बताएका छन् । सोमबार मन्त्रालयमा आयोजित ‘गृह प्रशासन सुधार कार्ययोजना–२०७४’ सार्वजनिक गर्दै मन्त्री थापाले नेपालमा लागुऔषध सेवनकर्ताको संख्या पनि दैनिक बढिरहेको बताए ।  राजधानीको काँठ क्षेत्रमा खुलेका रिसोर्टहरुमा स्कूल ड्रेसमै युवा–युवतीहरु लठ्ठिन जान्छन् भन्ने सूचना पाएको छु,’ उनले भने, ‘लागुऔषध ग्राममा हैन, टनमा कारोबार भइरहेको छ यसलाई रोक्न जरुरी छ ।  नेपालमा तस्करी र दुई नम्बरी धन्दा बढेको उल्लेख गर्दै मन्त्री थापाले हुण्डीबाजहरुसँग पैसाको गोदाम नै भएको दाबी गरेका छन् । गृहमन्त्रीको कुर्सीमा बसेर पैसाको गोदाम रहेको सूचना पाएको बताएका थापाले त्यस्ता हुण्डीबाज माफियाका सञ्जाल ध्वस्त पार्नका लागी ‘लोहारको एक चोट भनेझैं’ घन हान्न जरुरी भएको बताए ।  जेलमा पनि तस्करी, हिंसा र गुण्डागर्दी छ, अपराधको सजाय काट्न जेल बसेका चौकीदारहरु मर्सिडिजमा घुम्छन् रे,’ गृहमन्त्री थापाले भने, ‘मैले सूचना पाएको छु, एकजना जेलरले चौकीदारलाई हरेक दिन नेवारी खाजा खुवाउन जेल बाहिर लैजाने गर्छन् रे !  जेलरले चौकीदारबाट हप्ता बुझ्ने गरेका छन् रे, हप्ता नखाए किन नेवारी खाजा खुवाउन लैजान्छन् ?,’ उनले प्रश्नात्मक शैलीमा भने, ‘नेपालमा हिन्दी फिल्म ‘सोले’को भन्दा कम्ति डनहरु रहेनछन् । काठमाडौँको ट्राफिक जाम अन्त्यका लागी ठूलै धक्का जरुरी भएको उल्लेख गर्दै मन्त्री थापाले भने, ‘गुण्डागर्दी र यातायातको सिन्डिकेट पनि ट्राफिक जामसँग जोडिएको छ । सिन्डिकेटको अन्त्य जनताको चाहना हो,’ मन्त्री थापाले भने, ‘भ्रष्ट ठेकेदारहरुमाथीको कारवाही जनताको जनादेश हो, यो कसैको ब्यक्तिगत चाहनाको कुरा मात्रै हैन ।    ८२ बुँदे गृह प्रशासन सुधार कार्ययोजना सार्वजनिक गर्दै मन्त्री थापाले जनवैरीहरुले राष्ट्रिय एकतालाई भंग गर्न चाहेको बताएका छन् । मैले सूचना पाएको छु, सन् २०२५ सम्ममा नेपालमा मठ मन्दिर भत्काएर चर्च निर्माण गरिँदैछ रे, स्वतन्त्र मधेशको कुरा पनि सुनेको छु’ उनले भने, ‘यस्तो अवस्थामा राष्ट्रिय एकतालाई अझ सुदृढ गर्नका लागी नयाँ कार्ययोजना आवश्यक छ ।  नेपालमा अहिले पनि अर्बौंको तस्करी हुन्छ, सीमा नाका र विमानस्थलबाट अहिले पनि तस्करी भईरहेको छ,’ गृहमन्त्री थापाले भने, ‘नेपालको अध्यागमनबाट तस्करहरुले मानव तस्करी पनि गरिरहेका छन्, त्यस्ता तस्करमाथि आक्रमण गरेर मात्र सु–शासन र आर्थिक सम्बृद्धि हासिल गर्न सकिन्छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार