कसको सल्लाहमा बोल्छन्………

चैत २०, २०७४    काठमाडौं– रामबहादुर थापा बादल गृहमन्त्री भएको ३६ दिन पूरा भएको छ । त्यही ३६ दिनको बीचमा उनले बोलेका कतिपय कुरा प्रचार मात्रै त हैन ?’ भन्ने आशङ्का उत्पन्न हुने खालका छन् । सोमबार गृहमन्त्री बादलले गृहमन्त्रालयमा आयोजित गृह–प्रशासन सुधार मार्गचित्र सार्वजनिक गर्दै नेपालमा नेपालमा तस्करी र दुई नम्बरी धन्दा बढेको उल्लेख गर्दै हुण्डीबाजहरूसँग पैसाको गोदाम नै भएको दाबी गरेका थिए । गृहमन्त्रीका भनाईले केही प्रश्न उठाउने ठाँउ दिएको छ । जस्तो कि गृहमन्त्रीको कुर्सीमा बसेर पैसाको गोदाम रहेको सूचना पाएको बताएका थापाले त्यस्ता हुण्डीबाज माफियामाथि किन एक्सन लिन सकेनन् ? नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखहरू उनकै कमान्डमा छन् । आफ्नो हातमा गृह प्रशासनको साँचो भएका बेला ‘टन’मा तस्करी हुने गरेको सुन र लागूऔषध बरामद गर्न किन आदेश दिँदैनन् ? यो प्रश्न पनि अहिले गृहप्रशासनभित्र उठने गरेको छ । गृहमन्त्रीले तथ्यमा टेकेर बोल्नुभएको हो कि अनुमानको भरमा हो ? भन्ने रातोपाटीको जिज्ञासामा बादलका स्वकीय सचिव प्रतीक थापा भन्छन्, ‘हामीसँग इभिडेन्ट नै छ नि, ३३ किलो सुनकाण्ड र सुराँकी विवादमा मान्छेको मर्डर भएको छ । गृहमन्त्रीको कुर्सीमा नबसुन्जेल थापा माअ‍ोवादीभित्र कम बोल्ने नेताका रुपमा चिनिन्थे । तर, गृहमन्त्रीको कुर्सीमा बसेपछि उनले मिडियालाई चाहिने जति ‘विजनेस’ दिएका छन् । ‘गृहमन्त्री भएपछि बादलजी बोलेकोबोल्यै हुनुहुन्छ । पार्टीभित्र त उहाँ कम बोल्ने नेतामा पर्नुहुन्छ ।’ माओवादीको केन्द्रीय कार्यलयका एक नेताले भने । संवेदनशील सूचनालाई हल्का रूपमा टिप्पणी गर्न थालेका गृहमन्त्री थापाका मुख्य सल्लाहकार हुन् माओवादी नेता सूर्य सुवेदी ‘पथिक’ ।

राजनीतिमा पुराना भए पनि सुवेदीका लागि गृहमन्त्रालय र सुरक्षा निकायको परिचालन गर्ने ठाउँ आफैंमा नयाँ हो । गृहमन्त्रीको सल्लाहकारको हैसियतमा बिहानदेखि बेलुकासम्म बादल सँगसँगै हिँड्ने पथिक भन्छन्, ‘उहाँलाई सबै सल्लाह दिने मै हुँ । गृहमन्त्रीले टनमा तस्करी हुनेगरेको सुन र बोरामा लुकाइएको पैसाबारे सार्वजनिक रूपमा बोल्नुभएको छ, त्यो तथ्यमै टेकेर बाल्नुभएको हो ?’ भन्ने  जिज्ञासामा सल्लाहकार सुवेदीले भने, ‘ए, त्यो त एक पटक उहाँलाई नै सोध्नुस् न ! गृहमन्त्रालय स्रोतका अनुसार बादलले सुवेदीको भन्दा बढी मन्त्रालयमा कार्यरत तल्लो तहका प्रहरी कर्मचारी र आफ्नो सुरक्षा टिममा रहेका तल्लो तहका हवल्दार–सिपाहीलाई बेला–सोध्ने गर्छन्, ‘के छ, के–के हुन्छ ? बादलले कतिपय भाषण तिनै तल्ला तहका सुरक्षा अधिकारीको कुरा सुनेको भरमा पनि गर्ने गरेका छन् । पञ्चायतकालीन कर्मचारीको रवैया पाल्ने गृह मन्त्रालयका कर्मचारी पनि बादलको सूचनाको स्रोत हुन् । मन्त्रालयमा नियमित सचिव र सहसचिवहरू समेतको मिटिङ हुन्छ, त्यहाँ धेरै कुराहरू हुन्छन्’ बादलका निजी सचिवसमेत रहेका उपसचिव डा. डिजन भट्टराई भन्छन्, ‘सल्लाहकारबाहेक जाने–बुझेका अन्य व्यक्तिहरूबाट पनि सल्लाह लिनुहुन्छ । गृहमन्त्रीले पछिल्लो सयम सार्वजनिक भाषणमा बोलेको ‘टनमा सुन तस्करी हुने गरेको र हुण्डीबाजहरूले बोरामा पैसाको चाङ लगाएको’ तथ्यबारे डा. भट्टराईले अनभिज्ञता प्रकट गरेका छन् । ‘त्यसबारे चाहिँ मलाई थाहा छैन’, उनले भने, ‘उँहाले कैतबाट सूचना पाएरै भन्नुभएको होला ।’

मन्त्री थापाले कार्यभार सम्हालेपछि मन्त्रालय मातहतका सबै विभागमा पुगेर ब्रिफिङ लिइसकेका छन् । चैत १८ गते कारागार व्यवस्थापन विभागको निरीक्षणपछि केही कैदीलाई कारागारबाट राति ठमेलको दोहोरी साँझमा लैजानेदेखि घुमाउन विभिन्न ठाउँसम्म लैजाने गरेकोसम्म रिपोर्ट आएको बताएका थिए । तर, कुन जेलको कुन कैदीले त्यस्तो सुविधा लिएको भन्नेबारे उनले खुलाउन सकेनन् । यदि उनले चाहेमा सम्बन्धित जेलरलाई तानेर कैदीलाई समेत पूर्वबाट पश्चिम पठाउने पावर उनकै हातमा छ ।  सबैसँग सुझाव लिने र अन्तक्र्रिया गर्ने काम भइरहेको छ’, स्वकीय सचिव प्रतीक भन्छन्, ‘सूचनालाई भेरिफाई गरेर एक्सनमा जानेबारे वर्कआउट हुँदै छ, नेपाल इलिगल एक्टिभिटीको हब हुँदै गएको कुरा सबैलाई थाहा भएकै विषय हो नि ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार