६ बर्षमा ६ प्रधानमन्त्रीको भारत भ्रमण……….

Prime Minister KP Sharma Oli shakes hands with his Indian counterpart Narendra Modi

चैत २१, २०७४  काठमाडौं – पछिल्ला ६ बर्षमा नेपालका ६ प्रधानमन्त्रीले छिमेकी मुलुक भारत भ्रमण गरे पनि भारतको अनधिकृत बाँध तथा तटबन्धबाट पीडित नेपालीलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने विषय भने अगाडि बढ्न सकेको छैन । यो अवधिमा सबैजसो प्रधानमन्त्रीले भ्रमणमा आफ्ना समकक्षीसँगको भेटमा डुवान समस्यालाई प्रमुख मुद्दा बनाइएको दाबी गरे पनि अहिलेसम्म किसानले राहत भने पाउन सकेका छैनन् । पछिल्लो अनुमानित आँकडाअनुसार भारतले क्षतिपूर्तिवापत नेपाली किसान तथा सीमा क्षेत्रका वासिन्दालाई करिब ३ अर्ब रुपैयाँ भुक्तानी दिनुपर्ने सिँचाइ मन्त्रालयका अधिकारीहरु बताउँछन् । २०६८ सालयता ६ जना प्रधानमन्त्री क्रमशः बाबुराम भट्टराई, सुशील कोइराला, केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा र चैत २३ गते पुनः ओलीसहित ६ पटक नेपालका प्रधानमन्त्रीको भारत भ्रमण हुँदा पनि डुवानसम्बन्धी क्षतिपूर्तिको विषय उठाए पनि यसको सम्बोधन भने हुन सकेको छैन ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार