सामान बनाएर रक्तचन्दन तस्करी……….

२१ चैत २०७४,  काठमाडौं- दिल्ली- काठमाडौं रुटमा चल्ने टुरिष्ट बसबाट प्रहरीले रक्तचन्दन बरामद गरेको छ। महानगरीय प्रहरी वृत्त कालिमाटीले दिल्लीबाट काठमाडौं आउँदै गरेको ना ४ ख ४५१६ नम्बरको बसबाट रक्तचन्दनबाट बनाइएका सामान बरामद गरेको हो। प्रहरीले राती ३ बजे कलंकीबाट बसलाई नियन्त्रणमा लिएको थियो। अवैध सामान सहित २ जनालाई समेत पक्राउ गरेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा चालक काभ्रेका झिल्केन रुम्वा र सहचालक बुटवलका सुजन पुन रहेका छन्। प्रहरीले सवारी साधानका मालिक फरार रहेको जनाउँदै उनको खोजी भइरहेको बताएको छ। रक्तचन्दनका भाँडा, रक्तचन्दनबाट मालामा प्रयोग गर्न बनाएका १३ सय २ दाना गेडा बरामद गरेको हो। सोही बसबाट अबैधरुपमा ल्याइएका कपडा तथा बिजुलीका सामानहरु पनि प्रहरीले बरामद गरेको छ। प्रहरीले बरामद रक्त चन्दनका सामान आवश्यक अनुसन्धानका लागि जिल्ला वन कार्यालय पठाएको छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार