तीस सचिवको सरुवा

  बगैचा सम्वाददाता


काठमाडौ

सरकारले एकै दिन तीस सचिवको सरुवा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली भारतको नयाँ दिल्ली उड्नुअघि सरकारले तीस सचिवको जिम्मेवारी हेरफेर गरेको हो । सरकारको यो निर्णयसँगै गृह मन्त्रालयको सचिवमा प्रेमकुमार राई, अर्थमा राजन खनाल, रक्षामा विष्णुप्रसाद लम्साल र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा महेश्वर न्यौपाने, मोहनकृष्ण सापकोटालाई युवा तथा खेलकुद मन्त्रालयमा, विनोद केसीलाई राष्ट्रपति कार्यालयमा पठाईएको छ भने अर्थमन्त्रालयमा कार्यरत शंकर अधिकारीलाई उपराष्ट्रपतिको कार्यालय, उपराष्ट्रपति कार्यालयमा कार्यरत लालशंकर घिमिरेलाई प्रधानमन्त्रीको कार्यालयमा सरुवा गरिएको छ । सञ्चारमा महेन्द्रमान गुरुङ, श्रम तथा रोजगार मन्त्रालमा महेश दाहाल, शिक्षामा खगराज बराल, भौतिक पूर्वाधार तथा यातायातमा मधुसुदन अधिकारी, वनमा विश्वराज ओली तथा काठमाडौं महानगरपालिकामा यादवप्रसाद कोइरालाको सरुवा भएको छ । श्रम तथा रोजगारका लक्ष्मण मैनालीलाई प्रधानमन्त्री कार्यालय, भौतीक पूर्वाधार तथा यातायातका देवेन्द्र कार्कीलाई नेपाल ट्रष्टको कार्यालयमा, नेपाल ट्रष्ट कार्यालयका अर्जुनकुमार कार्कीलाई पुर्ननिर्माण प्राधिकरणमा, अनिल ठाकुरलाई महिला आयोग, सूचना आयोगमा भूपेन्द्रप्रसाद पौडेललाई सरुवा गरिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार