सिन्डिकेट अन्त्यसँगै घट्यो गाडी भाडा……..

चैत २४, २०७४ बनेपा – धुलिखेल-काठमाडौं चल्ने बसमा केही दिनअघिसम्म यात्रुले भाडादर थाहा पाउन कठिन थियो । यही मौका छोप्दै बस व्यवसायीले यात्रुपिच्छे मनलाग्दी बस भाडासमेत असुल्दै आएका थिए । तर, बुधबार सरकारले सिन्डिकेट तोड्दै मयुरसहित अन्य बसलाई बनेपा पठाउन थालेपछि काभ्रे बस समितिले बिहीबारदेखि सबै बसमा भाडादर टाँस्न थालेको छ ।  एक व्यवसायीले भने, ‘हामीले प्रत्येक बसमा भाडादर सूची टाँस्न अनिवार्य गरेका थियौं । तर, सहचालकहरूले मनलाग्दी भाडा लिँदा समस्या आएको हो,’ चैत १ मा बनेपा आउँदा मयुर यातायातले कोटेश्वर-काठमाडौंको ३५ रुपैयाँ भाडादर कायम गरेको थियो । तर, तीन सातासम्म भाडादरमा पुनर्विचार नगरेका व्यवसायीले बिहीबारबाट एक्कासी भाडा घटाएको सूचना बसमा टाँसेपछि यात्रु अचम्ममा परेका छन्। हिजो साझा बस पनि आयो । अरू बस पनि आए,’ एक यात्रुले भने, ‘त्यही भएर होला बिहीबारदेखि यताका बसवालाले बनेपा-काठमाडौंको भाडा ३५ रुपैयाँ गरेका रहेछन् । यतिखेर काभ्रे बस व्यवसायी संघले बनेपा-काठमाडौं ४० रुपैयाँ, बनेपा-कोटेश्वर ३५ र बनेपा-सूर्यविनायक २० रुपैयाँ भाडादर कायम गरेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार