हङकङमा गोर्खाहरुको समधिस्थल पुगि पुर्खादिवस मनाईयो

हङकङमा बृटिस गोर्खा कार्यरत हुदा क्यासिनो लाईन भनी चिनिएका र हाल पिएलएको हातमा गए पछि सामतिन ब्यारेक नामाकरण गरिएको स्थानमा अवस्थित गोर्खाहरुको समाधीस्थलमा गत आईतवार   पाच सय भन्दा बढी शुभचिन्तकहरु भेला भै स्वर्गिय गोर्खाहरुको समाधिमा ब्याग पाईपर ब्यान्ड बाजाको धुनमा  मार्चिङ गर्दै पुष्प गुच्छा, फलफुल तथा धुप बालेर स्मरण गरियो। “पुर्खादिवस” को रुपमा गोर्खा सेमेट्री ट्रष्ट हङकङ को आयोजना र हङकङ नेपाली फाउन्डेसनको संयोजकत्वमा उक्त कार्यक्रम सम्पन्न भएको थियो। बिगत सन २००५ बाट अबिछिन्न रुपमा यो दिवस मनाईदै आएको छ।

कार्यक्रमको शुरुमा स्काउट एसोसिएसन हङकङले  ब्यागपाईप बजाएर मार्च पास गर्दै समाधीको गेट खोलिएको थियो। त्यसपछी युद्धमा बीरगति प्राप्त गर्ने तथा कर्तब्य निर्बाहको क्रममा ज्यान गुमाउनेहरुको सम्झनामा दुई मिनेट मौन धारण गरिएको थियो। स्कुलका बिद्यार्थीहरुले कविताहरु समेत बाचन गरेका थिए। आयोजकमा तर्फबाट  गोर्खाहरुको योगदानको चर्चा गर्दै उनीहरुप्रति सम्मान प्रकट गरिएको थियो।

प्रत्येक  वर्ष अप्रिल ५ का दिन विश्वभर छरिएर रहेका नेपालीहरुले आफ्ना पूर्खाहरुको सम्झनामा ‘पूर्खा दिवस’ मनाउने शुरु गरिएको छ। युद्ध र कर्तव्य निर्बाह गर्ने शिलशिलामा ज्यान गुमाएका गोर्खा सैनिकको सम्झनामा उनीहरुको समाधिस्थल भ्रमण, सरसफाई, पुष्प गुच्छा अर्पण, धुपबत्ति जलाएर स्मरण गरिन्छ।

उक्त कार्यक्रममा बिभिन्न विश्व बिद्यालय का प्रोफेसरहरु, स्थानिय लब्ध प्रतिष्ठित ब्यक्तित्वहरु, नेपाली बिद्यार्थीहरु, अभिभावकको तथा भुपु सैनिकहरुको उत्साहजनक उपस्थिति रहेको थियो।

ट्रष्टका सचीव आमोद राईका अनुसार नया पुस्ताहरुलाई आफ्नो बीरताको गौरबशाली ईतिहासको जानकारी गराउनु पनि ट्रष्टको उद्देश्य रहेको बताए।

गोर्खा सिमेट्रिज ट्रष्ट हङकङ र हङकङ नेप्लिज फाउन्डेसनले हरेक बर्षको अप्रील ५ मा  पुर्खाहरुको सम्झनामा यो कार्यक्रम गर्दै आईरहेको छ।

Photo By Dev Sam

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार