सगरमाथाको देश सागरसँग जोडिँदैै छ ………

२४ चैत २०७४,   काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तीन तहका निर्वाचन सम्पन्न गरेर नेपालले महत्वपूर्ण उपलब्धि हाँसिल गरेको बताएका छन्। हैदारावाद हाउसमा दुई प्रधानमन्त्रीको भेट पछि आयोजित संयुक्र पत्रकार सम्मेलनमा बोल्दै मोदीले नेपालको विकासबारे प्रधानमन्त्री ओलीले आफ्नो योजना सुनाएको बताए। नेपालको विकासको लागि भारत सँधै साथमा रहेको बताए। भारतको विकासको विकासका लागि मेरो सवका साथ सवका विकास नारा छ’, उनले भने ‘उहाँको पनि नेपाल विकासको लागि समृद्धिको नारा दिनु भएको छ, समृद्ध नेपाल- सुखी नेपालीको।  नेपालको विकासमा नेपालको प्राथमिकता र आवश्यकताको आधारमा भारतको सहयोग हुने बताए। सगरमाथाको देशलाई सागरसम्म जोड्नको लागि हाम्रो सहयोग रहने उनले बताए। रेलवेमा पनि काठमाडौंबाट नयाँ दिल्लीमा नयाँ रेलको कनेटिभिटी गर्ने विषयमा पनि कुरा भएको उनले बताए। पेट्रोलियम पाइपलाईन, एकीकृत चेक पोष्ट र तराईको रोड कनेक्टिभिटिको नमुना भएको उनको भनाई थियो। नेपाल र भारत दुवै कृषि प्रधान देश भएको बताउँदै उनले कृषि अनुसन्धान, कृषि शिक्षा, कृषि विज्ञानमा सहयोग बढ्ने बताए। पञ्चेश्वर र अरुण ३ को काममा तिब्रता दिनेबारे उनले बताए। दुई देशको साझा सुरक्षा हितमा राखेर काम हुने उनले बताए।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार