भारतीय लगानीमा विद्युतीय रेल………

२४ चैत २०७४  काठमाडौं नेपाललाई समुन्द्रसम्मको पहुँचका लागि अन्तरदेशीय जलमार्ग सञ्चालनका लागि भारतले सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।  भारतले नेपालमा विद्युतीय रेल निर्माण गरिदिने सहमति जनाएको छ । भारत भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीचको भेटवार्ता पछि जारी भएको १२ बुँदे संयुक्त वक्तव्यको ९ नम्बर बुँदामा रक्सोल देखि काठमाडौंसम्म विद्युतीय रेल निर्माण गर्ने उल्लेख छ । आपसी चासोको बिषयका रुपमा चर्चा गर्दै दुबै मुलुकका कार्यकारी प्रमुखले आपसी सहकार्य र सहयोगमा सो योजनालाई पूर्णता दिने प्रतिवद्धता समेत जनाएका छन् । भारतको आर्थिक सहयोगमा निर्माण हुने रेल मार्गको सम्भाव्यता अध्ययन एक वर्षभित्र विस्तृत प्रतिवेदन तयार गरिने छ । जयनगर–विजलपुरा–बर्दिवास तथा जोगवनी–विराटनगर रेल मार्ग आयोजना निर्माणमा रहेको अड्चनलाई समाधान गर्दै तिव्र गतिमा काम अघि बढाउने सहमती पनि दुई मुलुकबीच भएको छ । नेपाललाई समुन्द्रसम्मको पहुँचका लागि अन्तरदेशीय जलमार्ग सञ्चालनका लागि भारतले सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । सामान ओसारपसार र व्यापारको ढाँचा निर्माण गर्दै नेपालको समुन्द्र सम्मको पहुँच बढाउन सहयोग पुर्‍याउने प्रतिवद्धता भारतीय पक्षले लिखित रुपमा गरेको हो । उर्जा, व्यापार, कृषि प्रविधि, शिक्षा, पर्यटन, संस्कृति विकास लगायत बिषयमा मिलेर सहकार्य गर्ने उल्लेख गर्दै प्रधानमन्त्री मोदीले नेपालको आर्थिक विकासका लागि सहयोग गर्न सधै तयार रहेको बताउनुभएको छ । नेपालको संविधानप्रति असन्तुष्टि जनाएको भारतले प्रधानमन्त्री ओलीको पहिलो कार्यकालमा भएको भारत भ्रमणका समय भने संयुक्त विज्ञप्ति निकालेको थिएन ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार