बाल यौन दुराचारको आरोपमा डब्ल्युएचओका पूर्व सल्लाहकार ………

२५ चैत २०७४,  काठमाडौं- प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईवी) ले बाल यौन दुराचारको आरोपका एक विदेशीलाई पक्राउ गरेको छ। प्रहरीले काभ्रेको मण्डन देउपुर नगरपालिका १ बाट क्यानेडियन नागरिक पिटर जोन डाल्गिसलाई पक्राउ गरेको हो। बालकहरुलाई ललाई फकाई विभिन्न प्रलोभनमा पारी बाल यौन दुराचार गरेको प्रहरीको आरोप छ। उनको कोठाबाट १२ र १४ वर्ष उमेरका २ जना पीडित बालकहरूलाई समेत उद्वार गरेको प्रहरीले जनाएको छ। ६० वर्षिय डाल्ग्लिसलाई बाल यौन दुराचार अपराध मुद्दा अन्तर्गत अनुसन्धान कार्य जारी रहेको सिआइवीले जनाएको छ। पिटरले नेपालमा विगत दुई वर्षदेखि हिमालयन कम्युनिटी फाउन्डेसन सञ्चालन गरी गरिब तथा विपन्न समुदायलाई शिक्षा र खानेपानीमा सहयोग गर्दै आएका थिए। उनले वालकहरूलाई पढाईदिने, विदेश घुमाईदिने, ठूलो भएपछि जागिर लगाईदिने जस्ता विभिन्न प्रलोभनमा पारी समाजसेवीको आवरणमा स-साना वालकहरूलाई यौन शोषण गर्ने गरेको पाईएको प्रहरीले जनाएको छ। उनले तीन वटा मानार्थ विद्यावारिधि प्राप्त गरेका छन्। उनले सन् २०१० देखि २०१४ सम्म अफगानस्तानमा यूएन ह्याविटाटको प्रतिनिधि समेत थिए। उनले विश्व स्वास्थ्य संगठनमा बरिष्ठ शहरी सल्लाहकारको रुपमा लाईवेरियामा काम गरेका थिए। मुलुकी ऐनको महल १४ जबर्जस्ती करणीको ९ (क) मा बाल यौन दुराचारको अपराधमा अधिकतम १५ बर्ष कैद सजाय तथा पीडितलाई मनासिव क्षतिपूर्ति समेत भराउने कानुनी व्यवस्था छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार