आईजीपी नियुक्तिबारे सरकार ‘अनिर्णीत’………

चैत २७, २०७४  काठमाडौं– सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीको प्रमुख (आइजीपी) नियुक्तिबारे आज निर्णय गर्न सकेन । नेपाल प्रहरी र सशस्त्र प्रहरीका आइजीपीको म्याद भोली अर्थात चैत २८ गते ३० वर्षे सेवाअवधिका कारण सकिने भएपछि आज बसेको मन्त्रिपरिषद बैठकले आइजीपी नियुक्ति गर्ने अपेक्षा गरिएको थियो । तर, आजको मन्त्रिपरिषद बैठकमा आईजीपीबारे कुनै निर्णय नभएको सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल प्रसाद बास्कोटाले जानकारी दिए । नेपाल प्रहरी र सशस्त्र प्रहरीका दुवै आइजीपीसँगै नेपाल प्रहरीका सात जना एआईजीको पनि म्याद सकिदैछ । आइजीसँगै एआइजीको पनि म्याद सकिने भएपछि प्रहरी नायव महानिरीक्षक डिआइजीबाट आइजीपी नियुक्ति गर्ने तयारी सरकारले गरेको छ । नेपाल प्रहरीमा आइजीपी बन्ने लाइनमा तीन डिआईजी छन् । डिआइजीहरु सर्वेन्द्र खनाल, पुष्कर कार्की, रमेश खरेल, आइजीपी बन्ने प्रतिस्पर्धामा छन् । त्यस्तै सशस्त्रमा शैलेन्द्र खनाल आइजीपीको दावेदार मानिन्छन् । यसैवीच गृहमन्त्रालयले आइजीपी छनोटका लागि गठन गरेको सिफारिस समितिले दिएको प्रतिवेदनका आधारमा सरकारले आइजीपी नियुक्त गर्ने बताइएको छ । समितिले आइजीपीको लाइनमा रहेका डिआइजीको प्रमाणपत्र र व्यक्तिगत विवरण अध्ययनका लागि सोमबार मागेको श्रोतले बताएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार