हङकङ र पोखरा च्याम्बर्स अफ कमर्स बिच एमओयु हस्ताक्षर

नेपाल च्याम्बर्स अफ कमर्स हङकङ र पोखरा च्याम्बर्स अफ कमर्स बिच हिजो बिहिवार बेलुकी जोर्डन स्थित बगैंचा रेस्टुरेन्टमा महावाणिज्यदूत कमल प्रसाद भट्टराईलाई रोहबरमा एक सम्झौता ज्ञापन पत्र(एमओयु)मा हस्ताक्षर गरेका छन। उक्त हस्ताक्षर हङकङका तर्फ बाट अध्यक्ष दासुराम पराजुली र पोखराका तर्फ बाट अध्यक्ष विश्व पालिखे बिच भएको थियो। सम्झौता पत्रमा दुई सस्थाहरु बिच आर्थिक ब्यापारिक साझेदारीहरु, पारस्परिक हित, ब्यापार प्रतिनिधी, विशेषज्ञ , आर्थीक छलफल, ब्यापारिक सन्जाल बिस्तार, ब्यापारिक सुचना, तथ्यांकहरुहरुको आदान प्रदान, संयुक्त लगानी,ब्यापार मेला, सेमिनार लगायतका १२ बुदाहरु उल्लेखित छन। उक्त कार्यक्रममा स्थानिय नेपाली ब्यापारी ब्याबसायीहरु, संघ सस्थाका अगुवाहरुको उल्लेख उपस्थिति रहेको थियो।

नेपाल बाट पोखरा च्याम्बर्स अफ कमर्स  एन्ड इन्डष्ट्रीका अध्यक्ष लगायतका एक प्रतिनिधि मन्डलनै हङकङ आएका थिए। उक्त टोलि आजै मकाउ प्रस्थान गरिसकेको छ।

एमओयु दुई सस्था, सङ्गठन वा कम्पनीहरु बिचको एक औपचारिक सम्झौता पत्र हो। यसको उद्देश्य दुई कम्पनी वा सङ्गठनहरु बिच आधिकारिक साझेदारी स्थापना गर्नु हो। यो सहमति कानूनी रूपमा लागु गर्न बाध्यकारी हुन पर्दैन तर  आपसी सद्भाव र गम्भीरतापुर्बक नैतिक रुपमा अगाडी बढ्न बाटो खुल्ला गरिदिन्छ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार