मुगुको राराबाट देशवासीका नाममा सम्बोधन…………

०१ बैशाख २०७५,  काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल र सुखी नेपाली’ अभियान सरकारको संकल्प भएको बताएका छन्। नयाँ वर्ष २०७५ को अवसरमा  गर्दै प्रधानमन्त्री ओलीले नयाँ वर्षको आरम्भ कर्णाली प्रदेशबाट हुनुको एउटा अर्थ, हामी आज कहाँ उभिएका छौं, हाम्रो यात्रा कुन हो र हाम्रो गन्तव्य कहाँ हो भन्ने संकल्पलाई स्पष्ट पार्न भएको बताए। प्रधानमन्त्री ओलीले २०७४ साल, उथलपुथल र घटनापूर्ण सालको रुपमा रहेको बताए। ‘२०७४ साल महत्वपूर्ण राजनीतिक उपलव्धिको साल रह्यो’ ओलीले भने, ‘०७४ सालमै राजनीतिक संक्रमणकालको अन्त्य भयो र जनपक्षीय, लोकतान्त्रिक, देशभक्त, अग्रगामी तथा विकासप्रेमी सरकार मुलुकले पायो। तीनै तहको निर्वाचन सम्पन्न भएसँगै संविधान सफल कार्यान्वयनको बाटोमा अघि बढ्यो। देशमा स्थायीत्वको नयाँ चरण आरम्भ भयो। निर्वाचन हुन नदिने, संविधान कार्यान्वयनमा व्यवधान खडा गर्ने र मुलुकमा अन्त्यहीन अस्थिरता सिर्जना गर्ने दुष्प्रयास विफल भएका ओलीले बताए। ‘निर्वाचनको सफलतासँगै नेपाल, लोकतान्त्रिक अभ्यासमा नयाँ मानक स्थापित गर्न सफल भएको छ’ ओलीले भने, ‘इतिहासले हामीलाई आर्थिक विकास र समृद्धिका लागि अभूतपूर्व अवसर प्रदान गरेको छ। प्रधानमन्त्री ओलीले वर्तमान सरकारको लक्ष्य सामाजिक न्याय, लोकतन्त्र, बराबरी सुरक्षा, समान अवसर, सुशासन, समृद्धि, र जनताको जीवन सुखी पार्नु रहेको बताएका छन्। ‘के नेपाल बन्छ? के यो सरकारले हाम्रा सपना पूरा गर्छ भन्ने प्रश्नहरुमा मैले पटक–पटक भन्दै आएको छु– नेपाल बन्छ, बनाउनै पर्छ’, ओलीले भने।’ समृद्ध नेपाल निर्माणका लागि सबै एकतावद्ध भएको बताउँदै प्रधानमन्त्री ओलीले स्थानीय, प्रदेश र सङ्घीय तहसम्मै जनताको विश्वास प्राप्त प्रतिनिधिहरू नयाँ उर्जाका साथ काम गर्न तत्पर रहेको बताए। ‘नेपाललाई सहयोग गर्न चाहने अन्तर्राष्ट्रिय मित्रहरू पर्खाइमा छन्’, प्रधानमन्त्री ओलीले भने, ‘हामी, बिना कुनै बहाना र विलम्ब तीव्र बेगमा अगाडि बढ्ने छौं।’

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार