राराबाट हुम्ला पुगे प्रधानमन्त्री………

बैशाख १, २०७५  हुम्ला– प्रधानमन्त्री केपी शर्मा ओलीले आजैदेखि विकसित देश बनाउने प्रण गर्न अपिल गरेका छन् । बिहान राराबाट देशबासीको नाममा सम्बोधन गरेपछि हुम्लाको सिमिकोटमा पुगेका ओलीले त्यहाँ आयोजित सभालाई सम्बोधन गर्दै मुलुक सधैं पछाडि रहन नसक्ने बताए । अब देशलाई विकसित बनाइन्छ,’ प्रधानमन्त्रीले भने, ‘पछाडि परेको देशलाई विकसित बनाउने प्रण गरौं । प्रधानमन्त्रीले भूगोल जस्तोसुकै भए पनि सबै ठाउ“को महत्व उत्तिकै रहेको बताए । ‘भूगोल सजिलो पनि हुन सक्छ, अप्ठ्यारो पनि हुन सक्छ,’ उनको भनाइ थियो, ‘सबै ठाउ“को महत्व आ–आफ्नै छ ।’ प्रधानमन्त्रीले कर्णालीको विकासलाई सरकारले विशेष प्राथमिकता दिएको बताउ“दै अनुकरणीय प्रदेश बनाइछाड्ने प्रतिबद्धता जनाए । ठूलो र मनमोहक ताल राराबाट देशवासीका नाममा प्रधानमन्त्रीको ३१ बुँदे सम्बोधन, भने के ? हेर्नुहोस् पूर्णपाठ आज बिहान सम्बोधन कर्णालीबाट जडिबुटिको प्रबद्र्धन गर्न सकिने उल्लेख गर्दै प्रधानमन्त्रीले त्यसका लागि आवश्यक सहयोग सरकारले गर्ने विश्वास दिलाए । सभा अगाडि प्रधानमन्त्रीले मुगुको छायानाथ, हिल्सा–सिमिकोट सडक, हिल्सा नाका तथा हुम्लाका सातवटै स्थानीय निकायको हवाई निरीक्षण गरेका थिए । प्रधानमन्त्रीसमक्ष स्थानीयबासीले हवाई तथा सडक, कृषि, स्वास्थ्यलगायतका माग प्रस्तुत गरेका थिए । स्थानीयका माग पूरा गर्ने प्रधानमन्त्रीले प्रतिबद्धता दिलाए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार