के गर्दैछ नेपाल सरकार ?……..

बैशाख १, २०७५  काठमाडौं -द्वन्द्वग्रस्त मुलुक सिरियामा अमेरिका, ब्रिटेन र फ्रान्सले शनिवार विहान हमलागरेपछि गैरकानुनी रुपमा त्यहाँ नेपालीहरुको अबस्थावारे र उनीहरुको सुरक्षालाई लिएर चासो शुरु भएको छ । कति नेपाली छन् ? सरकारसँग यसको हिसाव छैन, किनभने सरकारले सिरिया वैध रूपमा जान प्रतिबन्ध लगाएको छ । तर, मानवतस्करहरुले ठूलो घनरासी कमाईको प्रलोभन देखाएर केही नेपाली सिरिया पुर्याको पाइएको छ । यो सख्याँ करिव पाँच सयको हाराहारीमा रहेको अनुमान गरिएको छ । यसमा धेरैजसो यूवती छन् । तर, सख्याँ चाहिँ यकिन छैन । द्वन्द्वग्रस्त क्षेत्रमा समेत नेपाली युवती घरायसी काममा कार्यरत रहेको बताइएको छ । उनीहरू नेपालमा सम्पर्कसमेत गर्न नसक्ने बन्दीको हालतमा रहेको रिपोर्ट केही समय अगाडि एक दैनिक पत्रिकामा प्रकाशित भएको थियो । सरियामा नेपालीहरूको औपचारिक सम्पर्कसूत्र छैन । त्यसैले उनीहरुको खोजीकार्य गा्रहो हुने गरेको छ । इजिप्टस्थित नेपाली दूतावासले सिरियामा रहेको नेपालीहरुको अबस्थावारे बुझ्ने कोशिष गरेको छ ।सिरियामा नेपाली दूतावास चाहिँ छैन । सिरियाको गुटा क्षेत्रनजिक पनि नेपालीहरू रहेको अनुमान छ, जहाँ हिंसा तीव्र रूपमा जारी छ । मानव तस्करहरूले नेपाली युवतीलाई दिल्ली, मुम्बई, दुबई, थाइल्यान्ड, मलेसिया, सिंगापुर हुँदै सिरिया पुर्‍याउने गरेको जनाइएको छ । कतिपयलाई भने दुबई पुर्‍याएर त्यहाँबाट गाडीमा विभिन्न स्थान हुदै सिरिया पुर्‍याइएको जानकारी दूतावासलाई दिइएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार