अब विकास र समृद्धिमा लागौं……..

०२ बैशाख २०७५,   सुर्खेत – प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अधिकार प्राप्तीको आन्दोलन टुङ्गो लागिसकेकाले अबको समय विकास र समृद्धिको भएको बताएका छन्। प्रधानमन्त्री ओलीले तीन वटै तहमा सरकार गठन भइसकेकाले जनताको चाहना अनुसार विकास र समृद्धिको यात्रामा लाग्नुपर्ने बताए। तीन वटै तहका सरकार बनेका छन्, जनताको बलिदानिबाट लोकतन्त्र प्राप्त भएको छ’ आइतबार मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतले वीरेन्द्रनगरमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘अब अरुलाई अपजस दिएर हुँदैन् विकास गर्नैपर्छ, अघाडि बढ्नैपर्छ  उनले कर्णाली प्रदेश आर्थिक र मानव विकास सूचकाङ्कमा पछाडि रहेको भन्दै विकास र समृद्धिको यात्रा पनि कर्णालीबाटै सुरु भएको घोषणा गरे। उनले कर्णालीलाई समृद्धिको यात्रामा डो¥याउन संघीय सरकार र प्रदेश सरकारले योजना बनाइरहेको बताए।  अव कर्णाली प्रदेशलाई पछाडि पर्न दिइन्न’ प्रधानमन्त्री ओलीले भने, ‘कर्णालीलाई विकासको मूलधारमा ल्याउनका लागि प्रदेश र संघीय सरकारले योजनाहरु बनाइरहेको छ।’ ओलीले विकासका दृष्ट्रिले पछाडि परेको प्रदेशलाई विकासको मूल प्रवाहमा ल्याउनका लागि आफूले पहिलो प्रदेश भ्रमण कर्णालीबाट गरेको बताए। उनले कर्णाली प्रदेश दक्षिणको छिमेकी भारतसँग सीमा नजोडिएकाले उत्तरको छिमेकी चीनसँग विभिन्न ठाउँमा सीमा जोड्नुपर्ने आवश्यकता रहेको बताए।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार