अपांगतालाई प्रधानमन्त्री र मन्त्रीले नै भर्ना गराउन सकेनन् !……….

बैशाख ३, २०७५  प्रधानमन्त्री केपी ओली, शिक्षामन्त्री गिरिराजमणि पोखरेललगायत उचच् अधिकारीले शनिबार मुगुका १५ बालबालिकालाई विद्यालय भर्ना गराएर यस बर्षको भर्ना अभियान सुरु गरे । शिक्षा कार्यालय मुगुले १६ बालबालिका नौ छात्र र सात छात्रा लाई भना गराउन राताताल किनारमा भेला पारेको थियो । तीमध्ये एक थिए, छायानाथ धारा नगरापकिला ६ का अपांगता भएका सात बर्षीयाम पुन्नबहादुर कुलाल । प्रधानमन्त्री र मन्त्रीले १५ जनालार्य पायक पर्ने विद्यालयमा भर्ना गराए । ६ बर्षीया थिल्नेसाङ तामाङलाई प्रधानमन्त्री ओलीले बुद्ध माविमा भर्ना गरे । छात्राको अभिभावकत्व गहणको पुस्तिकामा हस्ताक्षर गर्दै उनले तामाङलाई पोसाक र पुस्तकसमेत प्रदान गरे । प्रधानमन्त्री पत्नी राधिका शाक्यले पनि बुद्ध माविमै छेरिङ छोन्तोम लामालार्य भर्ना गराईन । तर, कार्यक्रममा ल्याईएका कुलालाई कसैले भर्ना गर्न सकेनन् । कारण थियो, अपांगता । अपांगता भएका विद्यार्थीलाई पढाउने विद्यालय मुगुमा छैन । विद्यालयमा उनलार्य आवश्यक पर्ने संरचना नभएकाले भर्ना गर्न नसकिएको शिक्षामन्त्री पोखरेलले बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार