संखुवासभा समाज हङकङद्धारा निवर्तमान कार्य समितिलाई विदाई

  टोपबहादुर याक्खा

१५ अप्रिल, हङकङ– संखुवासभा समाज हङकङद्धारा सम्मान तथा विदाई कार्यक्रमको आयोजना गर्दै निवर्तमान कार्य समितिका पदाधिकारीहरुलाई जोर्डन स्थित कङ्गन रेष्टुरेण्ट एण्ड बारमा विदाई कार्यक्रम सम्पन्न गर्यो ।
समाजका वर्तमान अध्यक्ष टोप बहादुर याक्खाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि सल्लाहकार लालबहादुर गुरुङ रहेका थिए । त्यस्तै गरी समाजका सल्लाहकार एवं निवर्तमान अध्यक्ष कर्ण कोरङ्गी, सल्लाहकारहरु प्रेम कुमार कोरङ्गी, उपेन्द्र कोरङ्गी, खेमाहाङ जिमी, गुरुङ (तमु) संखुवासभा समाज हङकङका अध्यक्ष धीरज गुरुङ, दिदी बहिनी समूह संखुवासभा हङकङकी अध्यक्ष लक्ष्मि गुरुङ, किरात याक्खा छुम्मा हङकङका अध्यक्ष पूर्ण प्रसाद देवान लगायत अतिथिका रुपमा ड्यासमा आसन गराईएको थियो ।
समाजका सल्लाहकारहरु प्रेम कुमार कोरङ्गी, कर्ण कोरङ्गी, उपेन्द्र कोरङ्गी, प्रमुख अतिथि लालबहादुर गुरुङद्धारा शुभकामना मन्तब्य राखिएको उक्त कार्यक्रममा समाजलाई कुशल नेतृत्व गर्न सफल निवर्तमान अध्यक्ष कर्ण कोरङ्गी लगायत अन्य कार्य समितिका पदाधिकारीहरुलाई खदा लगाएर सम्मान गर्नुका साथै सम्मान–पत्र प्रदान गरिएको थियो ।
कार्यक्रमको अन्तमा अध्यक्ष टोपबहादुर याक्खाले कार्यक्रमलाई सफल बनाउँन उपस्थित कार्य समितिका पदाधिकारी, सल्लाहकार लगायत समस्त जिल्लाबासीहरु प्रति आभार व्यक्त सहित आगामी दिनहरुमा समेत उत्तिकै साथ, सहयोग र सद्भावको खाचो रहिरहने औलाउँदै २२ अप्रिल २०१८ आइतबार आयोजित समाजको २२ औं वार्षिक उत्सव तथा शुभकामना आदन प्रदान कार्यक्रममा उपस्थित भइदिन समस्त जिल्लाबासीहरुलाई अनुरोध गरेका थिए ।

२२ औं वार्षिक उत्सव तथा शुभकामना आदन प्रदान कार्यक्रम–२०१८ का कार्यक्रमहरुः
१. छोटो औपचारिक शुभकामना आदन प्रदान कार्यक्रम ।
२. समाजको मुखपत्र– “हाम्रो संखुवाभा” अंक–११ विमोचन ।
३. हङकङमा युनिभर्सिटी तह वा सो सरहको पढाई उत्तिर्ण गरेका जिल्लाबासी विद्यार्थी भाइ बहिनीहरुलाई नगद सहित सम्मान कार्यक्रम ।
४. लक्की ड्र, म्यूजिक चेयर, घ्याम्पा फोर, नाँच गान लगायतका मनोरञ्जनात्मक कार्यक्रमहरु, साथमा सःशुल्क बी.बी.क्यू. लगायत विविध परिकारहरु रहनेछन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार