भारतीय दूतावासको सम्पर्क कार्यालयलाई लक्षित गरी बम विष्फोट

  बगैचा सम्वाददाता

काठमाडौँ
विराटनगरस्थित भारतीय दूतावासको सम्पर्क कार्यालयलाई लक्षित गरी सोमवार साँझ साढे ८ बजे बम विष्फोट भएको छ । भारतीय दूतावासको विराटनगरस्थित सम्पर्क कार्यालय २०६५ सालमा कोशी बाँध फुटेको बेला बाँध बनाउन भन्दै स्थापना गरिएको थियो । कोशी बाँध निर्माण भइसके पनि अझै कार्यालय हटेको छैन । प्राप्त जानकारीका अनुसार विराटनगर महानगरपालिका वडानम्बर १३ मा रहेको सम्पर्क भारतीय दूतावासको सम्पर्क कार्यालयको क्षेत्रमा बम विष्पोट भएको थियो विष्पोटबाट पर्खालमा ठूलो क्षति पुगेको प्रहरीले जनाएको छ । प्रेसरकुकर बम बिस्फोट भएको प्रहरीले आशंका गरेको छ । बम विष्फोट कसले गराएको भन्ने विषयमा खुलेको छैन । तर, घटनामा विप्लव माओवादीको हात हुनसक्ने प्रहरीले आशंका गरेको छ । क्रान्तिकारी माओवादी, नेकपा मसाल, नेकपा माओवादीले विराटनगरवाट भारतीय दूतावासको सम्पर्क कार्यालय हटाउन माग गदै आएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार