शुरु भयो पार्टी एकता संयोजन समितिको बैठक……..

बैशाख ४, २०७५  काठमाडौं-एमाले–माओवादी पार्टी एकता संयोजन समितिको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको बैठकमा पार्टी एकता गर्न कार्यदलमा सहमति नजुटेका तीनवटा विषयमा सहमति जुटाउने प्रयास हुनेछ । बैठक नौ बजे सुरु हुने भनिएपनि १० बजेमात्रै सुरु भएको हो । आजको बैठक सहमति जुट्न सक्ने भएकाले चासोका साथ हेरिएको छ । एकता समितिमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल र माओवादी केन्द्रका नेताद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा सहभागि छन् । तर, आजको बैठकमा नेता खनाल बैठक सुरु हुँदा समेत पुगेका छैनन । एमाले–माओवादी एकता वैशाख ९ का लागि हुने भनिएपनि पनि निर्वाचन चिन्ह, जनयुद्ध र एकातामा सदस्य संख्या कति हुने भन्नेमा दुई दलबीच विवाद छ । यी विषयमा समितिमा सहमति भए एमाले माओवादी एकतामा ब्रेक थु हुनेछ । नेताहरुले जनयुद्ध र निर्वाचन चिन्हमा सहमति जुटाउन कठिन नभएको बताएपनि सदस्य संखयाको अनुपातमा दुवै पक्षले आ–आफ्नो अडान नछोड्दा सहमतिमा ढिलाई भइरहेको बताएका छन् । एमालेले ७०–३० को अनुपातमा संगठन बनाउनुपर्ने भनेको छ भने माओवादीले ५०–५० को अनुपात चाहेको छ । एकताबारे प्रचण्डको अर्थपूर्ण अभिव्यक्ति : डिजाइन देखेँ भने भत्काउन आइतबार कुर्दिनँ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार