सुनिता गिरिले हात पारिन हङकङमा पारिजात पुरस्कार

नेपाली भाषा तथा साहित्य परिषद हङकङ को आयोजना तथा हङकङ नेपाली फाउन्डेसनको संयोजनमा सम्पन्न  हिजो आईतवार जोर्डन स्थित चुमलुङ हिममा आयोजित पारिजात स्मृति दिवसको अवसरमा सुनिता गिरि “पारिजात पुरस्कार” पुरस्कार हात पारेकी छिन।

मनोनयनमा परेका नरजित राई “मनोबिम्ब”, पुर्णिमा जी शाहको ” सपनाको क्षितिज” लाई पछि पार्दै  हाङयुग अज्ञात, टंक सुब्बा र किसन राईको निर्णायक मन्डलले सुनिताको “माईतजाने बाटो” लाई पुरस्कृत गरिएको थियो। बिजेता सुनिताले नगद दुई हजार दुई सय बाईस हङकङ डलर सहित प्रमाण पत्र हात पारिन। पुरस्कार चर्चित साहित्यकार खगेन्द्र सङ्रौला तथा आयोजकका अध्यक्ष किसन राईले संयुक्त रुपमा प्रदान गरेका थिए।

पुरस्कृत पछि सुनिताले हर्षबिभोर हुदै बगैचा सन्चार सङ्ग भनिन “सोचेकै थिईन, आफु महिला भएकैले पारिजात पुरस्कार पाउन सफल हुदा खास लागेको छ। साथै जिम्मेवारी र उर्जा पनि। जसको कारण  मेरो कलमले थप गतिका साथ अगाडी बढ्ने पक्का भएको छ”।

उक्त अवसरमा नेपाल बाट बोलाईएका सङ्रौलाले पारिजात का चर्चा गरेका थिए। 

तेस्रोपटक सम्पन्न यो दिवसलाई निरन्तरता दिने आयोजकका अध्यक्ष किसन राईले बताए। लामो समय देखि देवकोटा भानु जयन्ती मनाउदै आईरहको बखत अचानक  अर्कै सस्थाले उक्त सोहि एकै किसिमको  कार्यक्रम गरिदिए पछि बिकल्पमा पारिजात स्मृती दिवस मनाउनु परेको खुलासा अध्यक्ष राईले बताए।

कार्यक्रममा पारिजातको तस्बिरमा पुष्पर्पण गरिएको थियो भने  साहित्यानुरागी हरुको बाक्लो उपस्थिति रहेको थियो।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार