क्यान्सर रोगी राधिका याक्खालाई याक्खा छुम्मा हङकङको सहयोग

  टोपबहादुर याक्खा

याक्खा छुम्मा हङकङकी उपाध्यक्ष लिला देवानबाट विरामीका पति ईन्द्रजित याक्खालाई रकम हस्तान्तरण गरिदै

१५ अप्रिल, हङकङ– क्यान्सर रोगी राधिका याक्खाको उपचार सहयोगार्थ किरात याक्खा छुम्मा हङकङद्धारा २ लाख ७३ हजार ३ सय ६८ रुपैयाँ आर्थिक सहयोग १५ अप्रिल आइतबार एक कार्यक्रम माझ विरामी राधिका याक्खा तथा उनका पति ईन्द्रजित याक्खालाई हस्तान्तरण गर्यो ।
उक्त आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा किरात याक्खा छुम्मा हङकङकी उपाध्यक्ष लिला देवान राई, साधारण सदस्य चन्द्रा राई देवान तथा किरात याक्खा छुम्मा केन्द्रिय समितिका उप–महासचिव सोनाम याक्खा, सदस्य चन्द्र कमल थम्परा, किरात याक्खा छुम्मा उपत्यका समितिका निवर्तमान सदस्य कुमार खाखिम याक्खा आदिको उपस्थिति रहेको थियो ।

बीचमा विरामी राधिका याक्खा

संखुवासभा चैनपुर नगरपालिका किङरिङ (हाल धरान जनपथ लाइन) घर भई परिवार सहित हङहङ बस्दै आएकी राधिकालाई केहि पहिले मात्रै क्यान्सर लागेको थाहा लागे पश्चात परिवारद्धारा उपचारका लागि नेपाल लगेका थिए । हङकङको हस्पिटलद्धारा उपचार नहुने जनाए पछि हाल आयुर्वेदिक पद्धतीद्धारा नेपालमा उपचार गराई रहेको परिवार स्रोतले जनाएको छ ।
२०१३ मा स्थापित किरात याक्खा छुम्मा हङकङले विभिन्न सामाजिक कार्यहरुमा सक्रिय भूमिका निर्वाह गर्नुका साथै धरान १६, जोरसखुवा स्थित निर्माणाधिन छुम्माको केन्द्रिय भवन निर्माणका लागि समेत ठूलो आर्थिक सहयोग पुराउँदै आएको छ ।
याक्खा छुम्मा हङकङकी उपाध्यक्ष लिला देवानबाट विरामीका पति ईन्द्रजित याक्खालाई रकम हस्तान्तरण गरिदै

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार