त्रिभुवन विमानस्थल अझै अवरुद्ध……..

वैशाख ७, २०७५  काठमाडौँ — बिहीबार राति देखि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अझै संचालनमा आउन सकेको छैन । काठमाडौंबाट मलेसियाका लागि उड्न लागेको मालिन्दो एयरको जहाज राति रनवेभन्दा बाहिर पुगेर अड्किएपछि विमानस्थल बन्द भएको थियाे । बिहीबार राति रनवेबाट चिप्लिएकाे मालिन्दाे एयरकाे जहाज ।  राति १० बजेर ७ मिनेटदेखि विमानस्थल बन्द हुँदा अन्तरराष्ट्रिय उडान ठप्प भएका छन्।अवतरणका लागि आउने अन्तरराष्ट्रिय विमानहरुलाई भारत र बंगलादेशतर्फ डाइभर्ट गरिएकाे छ। विमानस्थलको ३ हजार मिटर रनवे मध्ये आन्तरिक उडान संचालन गर्न अहिले २५ सय मिटर मात्र धावनमार्ग खुला गरेको छ। अान्तरिक उडानलाईएकतर्फी बिन्दु (उत्तरतर्फको बौद्धक्षेत्र) बाट उडाउन र अवतरणा गराउन संचालनमा ल्याएको छ। जहाजमा चालक दलका ४ सदस्य सहित १३९ यात्रु थिए। सबै यात्रु सुरक्षित रहेकाे विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुर। जहाज धावनमार्गबाट बाहिर जाँदा एजलाईट (किनाराको बत्तिमा) क्षति पुऱ्याएको छ। रनवे बाहिर गएकाे (ओभर रनवे) भएकाे जहाज निकाल्ने प्रयास जारी छ। याे जहाजलेटेकअफ गर्न लागेका बेला प्राविधिक समस्या अाएपछि रिजेक्टेड टेकअफगरेकाे अनुमान गरिएकाे छ। विमान रनवे बाहिर माटोमा धस्सिएको छ।जहाज निकाल्न नेपाल एयरलाइन्सका उपकरण र नेपाली सेना परिचालित छन्। उडान संचालनमा ल्याउन अझै २ घण्टा लाग्न सक्ने विमानस्थल टर्मिनल कार्यालयले अनुमान गरेकाे छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार