उत्तर कोरियाले परमाणु मिसाइल परीक्षण रोक्दै

  बगैचा सम्वाददाता


काठमाडौं
उत्तर कोरियाका नेता किम जोङ्गले मिसाइल परीक्षण नगर्ने बताएका छन् । कोरियाका सरकारी मिडियाहरुलाई उद्धृत गर्दै दक्षिण कोरियाको समाचार एजेन्सीले अब थप परमाणु परीक्षण गर्नु आवश्यक नरहेको बताएका छन् । दक्षिण कोरियाको समाचार एजेन्सी योनहापले भनेको छ, ‘२१ अप्रिलदेखि उत्तर कोरियाले परमाणु मिसाइल र अन्तरमहाद्विपीय ब्यालेस्टिक मिसाइल परीक्षण रोक्नेछ ।’उत्तर कोरियाको सत्तारुढ वर्कर्स पार्टीको बैठकपछि यस्तो निर्णय लिइएको हो । परमाणु हतियार कार्यक्रम चलाएका कारण उत्तर कोरियामा संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय प्रतिवन्ध लगाएको छ । उत्तर कोरियाले विभिन्न् समयमा विभिन्न परमाणु मिसाइल सफलतापूर्वक परीक्षण गर्दै आएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार