हङकङमा पदयात्रा गर्दै सगरमाथा दिवस मनाईने

     सगरमाथा दिवसको अवसर पारेर हङकङमा सगरमाथा पदयात्रा  २०१८ को आयोजना गरिने भएको छ।जोर्डन स्थित आवासीय नेपाली संघ हङकङको आफ्नै कार्यलयमा गत बिहिबार बेलुकी एक जानकारी सभाको आयोजना गर्दै आयोजकका तर्फ बाट हङकङ स्थित महावाणिज्यदूतावास र गैह् आवासीय नेपाली संघ हङकङले संयुक्त रुपमा पत्रकारहरु बोलाई उक्त जानकारी गराएका हुन् । जानकारी सभालाई सम्बोधन गर्दै महावाणिज्यदूत कमलप्रसाद भट्टराईले भने “सगरमाथा नेपाल र नेपालीको शिर हो, हाम्रो गर्बिलो  पहिचानहरुमध्ये सगरमाथा पनि  हो, हामीले पर्यटन प्रर्वद्धनसगै नेपालीहरुको एकता र सांस्कृतिक सम्पदाको पहिचानका लागि हातमा हात मिलाएर अघि बढ्नुपर्छ” उनले भने थपे “हामीले यो दिवस लाई अन्तर्राष्ट्रियकरण गर्नु पर्छ, यसै दिवस मार्फत हामीले सगरमाथा सङ्गै जोडिएका सास्कृतिक, बन्यजन्तु , भेषभुषा लगायत अन्य कुराहरु बाट नेपाललाई पर्यटनको प्रमुख गन्तव्य बनाउने प्रयत्न गर्नु पर्छ”। 

सगरमाथा दिवस मेई २९ तारिकमा पर्ने भएपनि हङकङबासी नेपालीहरुको बिदालाई मनन  गर्दै २७ तारिकका दिन बिहान ८ बजेबाट सेन्ट्रल  अवजरभेसन ह्विल हुदै भिक्टोरिया पिक सम्म पदयात्रा सम्पन्न गरिनेछ । पदयात्रामा सहभागी हुनका लागि हङकङ डलर दुईसय तिरि अग्रिम रजिष्ट्रेशन गर्नु,आयोजकले  टिसर्ट र खाना निशुल्क उपलब्ध गराउने कुरा एनआरएनए कि अध्यक्ष टिका गुरुङले बताउनु भयो।

पदयात्रामा सहभागी हुने भनिएका कुटनितीक निकाय, सरकारी अधिकारीहरु, स्थानिय समुदाय लगायतलाई महावाणिज्यदूतावासले समन्वय गर्नेछ भने सम्पूर्ण हङकङेली नेपाली समुदायलाई गैह्र आवासिय नेपाली संघ हङकङ ले समन्वय गर्नेछ ।

हङकङमा सगरमाथा दिवस मनाउन थालिएको यो दोश्रो पटक हो । गत बर्ष  दूतावासले हामी उठ्नेछौ फाउण्डेशनसग सहकार्य गरि वोङ ताई सिन टेम्पल छेउ बाट लाईन रक सम्मको पदयात्रा आयोजना गरेको थियो । उक्त पदयात्रामा बिभिन्न  देशका वाणिज्यदूतहरु लगायत उच्च पदाधिकारीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

सन् १९५३ मे २९ तारिकका दिन विश्वकै सर्वोच्च शिखर सगरमाथामा तात्कालिन  नेपाली नागरिक तेन्जिङ नोर्गे शेर्पा र न्यूजिल्याण्डका एडमण्ड हिलारीले पहिलो पटक शिखर चुमेका थिए । त्यहि खुशिको अवसरमा मे २९ का दिन  लाई सगरमाथा दिवसको रुपमा मनाउदै आएको छ।

यसपटक पनि हङकङका सगरमाथा आरोहीहरुलाई पाहुनाको रुपमा बोलाईने महावाणिज्यदूतले बताउनु भएको छ। बिदेशी भुमीमा दुतावासको सङ्लग्नतामा हङकङबाट महावाणिज्यदूत कमल प्रसाद भट्टराई ज्यु को तत्परतामा पहिलो पटक सगरमाथा दिवस मनाउन थालिएको हो। यो दिवस लाई सन्सार भर ब्रान्ड दिवस को रुपमा स्थापित गरिनु पर्नु वहाको धारणा छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार