सम्पूर्ण कम्युनिष्टहरुलाई एकतामा लामबद्ध हुन अपिल…………

बैशाख ९, २०७५  काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीको ६९ औं स्थापना दिवसको अवसरमा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले शुभकामना सन्देश जारी गर्दै देशका सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारीहरुलाई एकता र ध्रुवीकरणको अभियानमा लामबद्ध हुन अपिल गरेका छन् । पार्टी स्थापना दिवस तथा लेनिन जयन्तीको अवसरमा जारी सन्देशमा प्रचण्डले भनेका छन्, ‘पार्टी स्थापना दिवस तथा लेनिन जयन्तीको ऐतिहासिक अवसरमा हाम्रो पार्टी देशका सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारीहरु र वामपन्थी प्रगतिशील शक्तिबीच एकता र ध्रुवीकरणको अभियानमा लामबद्ध हुन तथा समाजवादको आधार निर्माणको ऐतिहासिक अभियानमा सहभागी हुन हार्दिक अपिल गर्दछ ।’ लेनिनको जन्म जयन्तीको अवसर पारेर आजभन्दा ६९ वर्ष पहिले २००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । वर्ग–संघर्ष र विचारधारात्मक संघर्षको लामो श्रृङ्खला एवं विभाजन र एकताको अनगिन्ती अनुभवहरु हासिल गर्दै कम्युनिष्ट आन्दोलन आजको अवस्थामा आइपुगेको छ । अध्यक्ष प्रचण्डले संविधानको सफल कार्यान्वयनका लागि समाजवादी आन्दोलनको आधार तयार पार्ने अहिलेको मुख्य अभिभारा भएको बताएका छन् । नेपाली जनताले सामााजिक न्यायसहितको समृद्धिको नयाँ युगको अपेक्षा गरेको भन्दै सन्देशमा लेखिएको छ स्थानीय तह, प्रादेशिक र संघीय निर्वाचन सम्पन्न गरी देश अहिले स्थिरता, सुशासन र विकासको व्यवहारिक अभ्यासको चरणमा छ । यो समाजवाद उन्मुख संविधान कार्यान्वयनको पहिलो खुट्किला हो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार