खुमलाटर बैठकले के गर्ला ?………

बैशाख ९, २०७५ काठमाडौं -एमालेसँग पार्टी एकताको विषयमा प्रचण्डले आन्तरिक परामर्श थालेका छन् । केी दिन यता प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीसँग लगातार संवाद गरेका प्रचण्डले आज एकताका विषयमा छलफल गर्न पार्टी केन्द्रीय कार्यालयको विस्तारित बैठक बोलाएका थिए । बैठक आइतवार बिहान सात बजेदेखि प्रचण्ड निवास खुमलटारमा बसेको छ । बैठकमा अध्यक्ष प्रचण्डले एकतामा हालसम्म भएको प्रगतिबारे जानकारी गराउने छन् । आज दुई दलका शीर्ष नेताले एउटै मञ्चबाट एकताको सन्देश दिनुअघि माओवादी आन्तरिक छलफलमा जुटेको हो । दुई पार्टीबीच नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको दिन अर्थात् आज एकता घोषणा गर्ने तयारी थियो । तर केही विषय नमिलेपछि एकता घोषणाको टरेको थियो । अर्को मिति निश्चित भएको छैन । त्यसैबीच प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली तथा माओवादी अध्यक्ष प्रचण्डले एउटै मञ्चबाट छिट्टै एकता घोषणा हुने सन्देश दिँदैछन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार