बैशाख २८मा प्रधानमन्त्री नरेन्द्र मोदी राजकीय भ्रमणमा नेपाल आउने

  बगैचा सम्वाददाता

काठमाडौ

भारतीय समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदी बैशाख २८ गते दुई दिने राजकीय भ्रमणमा नेपाल आउने निश्चित भएको छ । दिल्लीले प्रस्ताव गरेको तिथि प्रधानमन्त्री केपी शर्मा ओलीले अनुमोदन गरेपछि मोदी सोही दिने नेपाल आउने पक्का भएको बालुवाटार श्रोतले जनाएको छ । आफ्नो कार्यकालमा मोदी तेश्रो पटक भारत आउन लाग्नु भएको हो ।

आगामी शुक्रबार चीन जान लागेका मोदी त्यहाँबाट फर्केको एक सातापछि नेपाल आउने तय भएको हो । शिष्टाचार महापालसहितको टोली केही दिनपछि आउने भएपनि, सुरक्षा निकायका टोली भने काठमाडौं आइसकेका छन् । मोदीले नेपालमा रहदा जनकपुर भ्रमणका साथै अरुण तेस्रोको शिलान्यास त्यही पुगेर गर्ने कि, स्विच थिच्ने कार्यक्रम रहने बुझिएको छ । अन्य कार्यक्रमहरु तय गर्न दूतावास, परराष्ट्र मन्त्रालय र भारतीय टोलीबीच छलफल भइरहेका छन् । उता परराष्ट्र प्रवक्ता भरतराज पौडेलले समग्र भ्रमणबारेमा छलफल भइरहेकाले अहिले नै केही भन्न सक्ने अवस्था नरहेको बताउनुभयो ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार