संखुवासभा समाज हङकङको २२ औं वार्षिकोत्सवमा विद्यार्थीहरु सम्मानित

  टोपबहादुर याक्खा

२२ अप्रिल, हङकङ– संखुवासभा समाज हङकङद्धारा नयाँ वर्ष २०७५ तथा समाजको २२ औं वार्षिक उत्सवको अवसरमा आयोजित शुभकामना आदनप्रदान कार्यक्रममा हङकङका विभिन्न युनिभर्सिटीहरुबाट ग्राजुएट गर्ने जिल्लाबासी ४ जना विद्यार्थीहरुलाई नगद पुरस्कार सहित सम्मान ग-यो ।
यसरी समाजद्धारा पहिलो पल्ट सम्मानित हुने विद्यार्थीहरु एलिना राई, सोविया राई, सुरुची राई र रिक्सन राईलाई खदा र गम्छा ओढाएर सम्मान गर्नुका साथै उक्त पुरस्कार रकमका प्रायोजक समाजका आजीवन सदस्य, टु युन की फ्रुटी कम्पनी लिमिटेडका प्रोप्राइटर तथा समाजेवी जय प्रकाश गुरुङ (जे.पी.) द्धारा प्रत्येकलाई १ हजार १० हङकङ डलर नगद पुरस्कार सहित सम्मान पत्र हस्तान्तरण गरेका थिए ।
समाजका अध्यक्ष तथा कार्यक्रमका सभापति टोपबहादुर याक्खा, कार्यक्रमका प्रमुख अतिथि हङकङ नेपाली महासंघकी अध्यक्ष रिता गुरुङ लगायत विभिन्न संघ संस्थाका अध्यक्ष, प्रतिनिधि तथा समाजका सल्लाहकारहरुद्धारा एकसाथ पटेका पड्काएर उद्धघाटन गरिएको औपचारिक कार्यक्रममा समाजको मुख–पत्र “हाम्रो संखुवासभा” वर्ष–१२, अंक–११ समेत सार्बजनिक गरिएको थियो ।
समाजका सदस्य पूर्ण प्रसाद देवानद्धारा श्वागत मन्तव्य राखिएको उक्त कार्यक्रममा प्रमुख अतिथि रिता गुरुङ, किरात याक्थुम चुम्लुङ हङकङकी अध्यक्ष असली वनेम लिम्बु, समाजका सल्लाहकारहरु उपेन्द्र कोरङ्गी, प्रेम कुमार कारेङ्गी, लालबहादुर गुरुङ, कर्ण कोरङ्गी, आजीवन सदस्य जय प्रकाश गुरुङ (जे.पी.) द्धारा नयाँ वर्ष २०७५ तथा समाजको २२ औं वार्षिक उत्सवको अवसरमा शुभकामना मन्तब्य राखेका थिए ।
समाजका सचिव लिलाबहादुर गुरुङद्धारा संचालन गरिएको पहिलो चरणको औपचारिक कार्यक्रमकै क्रममा समाजका आजीवन सदस्यद्धय जीवन थापा मगर र अम्बर गुरुङलाई समेत समाजको तर्फबाट सम्मान गरिएको थियो भने दोस्रो चरणको मनोरञ्जनात्मक कार्यक्रममा आकर्षक पुरस्कार सहितको लक्की ड्र, जिल्लाबासी दाजुभाइहरु बीच घ्याम्पा फोर र दिदी बहिनीहरु बीच म्यजिकल चेयर खेलहरु समेत खेलाइएको थियो ।
जिल्लाबासीहरुको बाकुलो उपस्थिति बीच बेलुकीको ९ बजे सम्म विभिन्न एकल तथा सामुहिक नाँच गान गरेर सम्पन्न भएको उक्त कार्यक्रममा बि.बि.क्यू. लगायत विभिन्न नेपाली परिकारहरुको सःशुल्क व्यवस्था समेत रहेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार