विवादपछि भिज्यो तिम्रो रातो पछ्यौरी सार्वजनिक………

बैशाख १०, २०७५  सुवास,

काठमाडौं : गायक महेश मुखिया सुनुवार र गायिका सन्ध्या सुनुवारको आवाजमा रहेको ‘भिज्यो तिम्रो रातो पछ्यौरी’को म्यूजिक भिडियो हालै म्यूजिक नेपालको यूट्युव च्यानलबाट सार्वजनिक गरिएको छ । यो गीतको म्यूजिक भिडियो यसअघि सङ्ग्स नेपालको यूट्युव च्यानलबाट सार्वजनिक गरिएको थियो । जुन गीतलाई म्यूजिक नेपालले आफ्नो अधिनमा रहेको भन्दै कपिराईट लगाएको थियो । निकै लामो विवाद पछि यस गीतका सर्जक स्रष्टा र गायकबीचको सहमति पछि यो च्यानलबाट प्रशारण गर्ने सहमति बन्यो । करिव चार दशक अगाडि यो गीत वरिष्ठ लोक गायक तथा सञ्चारकर्मी स्व. पाण्डव सुनुवारका साथमा शिब बस्नेत र बासुदेब मुनालको पनि आवाजमा रहेको थियो । सुमधुर लोक गीत ‘भिज्यो तिम्रो रातो पछ्यौरी’ लाई रि-रेकर्ड गराएर म्यूजिक भिडियो सार्वजानिक गरिएको छ । यो गीतको शब्द संकलन भने सन्तोष बस्नेतले गरेका हुन् । रि-रेकर्ड गरेर हालै बजारमा ल्याएको उक्त गीत गायक मुखिया र गायिका सुनुवारले युवा पुस्ता माझ पुराना लोक गीतलाई न्याय संगत तरिकाले प्रस्तुत गरेको देखिन्छ । सांगीतिक दुनियाँमा यो गीतले फेरी एक पटक वरिष्ठ लोक गायक पाण्डव सुनुवारलाई स्मरण गराएको अहिले संगीतकर्मीबीच चर्चा चलेको छ । सन्दीप कार्कीको रि एरेञ्जर, अशोक महर्जनको मिक्सिङ रहेको गीतमा टिपिकल लोक बाजाको प्रयोगले गीतलाई अझ सुन्दर बनाईदिएको छ । अमृत सुनुवारको छायांकन र निर्देशनमा बनेको म्यूजिक भिडियोमा नीराजन प्रधान, एलिसा राई र पदम राईको अभिनय हेर्न पाईन्छ । ब्रिस्मान सुनुवारको कोरियोग्राफी रहेको म्यूजिक भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् भने एल.बि. मुखिया र सम्झना सुब्बाको निर्माण रहेको भिडियोलाई सुनुवार सेवा समाजले स्व. पाण्डव सुनुवारको स्मृतिमा समर्पित गरेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार