सुन तस्करीका एक मूख्य चिनियाँ महिला पक्राउ

  बगैचा सम्वाददाता

काठमाडौं

चीनबाट सुन तस्करी गरी नेपाल पठाउने एक चिनियाँ महिला पक्राउ परेकी छिन् । चीनबाट नेपाल आउने क्रममा ४० वर्षकी उनलाई प्रहरीले मंगलबार काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । ०७४ भदौ १४ गते काठमाडौंको सामाखुशीबाट बरामद गरिएको १४ किलो सुन तस्करीमा उनको संलग्नता देखिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले जानकारी दिएको छ । प्रहरीले १४ किलो सुन तस्करीमा उनको संलग्नताको आशंकामा अनुसन्धान अघि बढाएको छ । उनी धेरै पटक नेपाल आउने जाने गरिरहने र चीनबाट राजकुमार पौडेलको सम्पर्कमा रहेर नेपालमा सुन पठाउने गरेको सीआईबीले जानकारी दिएको छ । उक्त मुद्दामा प्रहरीले ७ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो । हाल सो मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन रहेको छ । प्रहरीले उनीविरुद्ध संगठित अपराध (अवैध सुन ओसार पसार) मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद लिई अनुसन्धान सुरु गरेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार