प्रथम मिसेस हङकङ नेपालको अडिसन सम्पन्

मिसेस हङकङ नेपाल – २०१८ मा सहभागी प्रतियोगिताहरु

    गत सेप्टेम्बरमा अविवाहित सुन्दरीहरुको प्रतियोगिता मिस हङकङ नेपालको चर्चा सेलाउनै लाग्दा हङकङमा बिबाहित सुन्दर महिलाहरुको पहिलो पटक ऐतिहासिक “प्रथम मिसेस हङकङ २०१८” हुने भएको छ। जसको लागि गत सोमबार बेलिकी जोर्डन स्थित संयुक्त डान्स स्टुडियोको कार्यकक्षमा अडिसन सम्पन्न भएको छ। उक्त   अडिसन बाट १२ जना प्रतियोगीहरु प्रतियोगिताको लागि छनौट भएका छ्न।

छनौट हुने हरुमा करुणा प्रधान, शान्ति खत्री, मन्जु थापा, सरस्वती चाम्लिङ्, पबिता राई, अनिता तामाङ, डोल्मा रिन्जि, खिना गुरुङ, अनिता राई, करुणा प्रधान,नानु गुरुङ  छनौट भएका हुन् । छानिएका मध्ये किना गुरुङले आफ्नो समयभावको कारण सहभागी हुन नसक्ने बताउदै आफ्नो नाम फिर्ता लिएकी छिन ।

सामान्य परिचयबाट शुरु गरिएको अडिसनमा न्युनतम शारिरीक चालढल र ब्यक्तिगत खुबी आदिको परिक्षणका लागि पाच निर्णायक मन्डलमा हङकङ नेपाली महासंघकी अध्यक्ष रिता गुरुङ, मिस हङकङ नेपालका अध्यक्ष लोकराज लिम्बु, मिस हङकङ नेपाल २००० फर्स्ट रनरअप कविता गुरुङ, मिस हङकङ २००६ मिस ट्यालेण्ट बसन्ती पुन(केलि) , मिस हङकङ नेपाल सचिव मनिष लिम्बुले सामान्य प्रश्नहरु सोधेका थिए। प्राय सबै जजहरुले “आफु खुशी भाग लिन आएको कि, कसैको करकाप परेर आएको? श्रीमान को अनुमती लिए नलिएको, बाल बच्चा के कति छ? भाग लिनको कारण के? आदि जस्ता प्रश्नहरु सोधिएको थियो। सहभागीहरु मध्ये केहि ब्यक्तिगत रुपमा त कोहि सस्थाको प्रतिनिधित्व गर्दै प्रतियोगितामा समाबेस भएको बताए।

अडिसन सम्पन्न भएको छ, मिसेस हङकङ आयोजना गर्नुको उद्देश्य के हो भनि सोधिएको प्रश्नमा आयोजकका तर्फ बाट हङकङ नेपाली महिला संघकी अध्यक्ष टिका गुरुङ भनिन ” हामी हङकङमा रहेको नेपालीहरुलाई शसक्तिकरण र एजुकेट गराई सामाजिक रुपान्तरणमा सहभागी बनाउन चाहन्छौ। यो प्रतियोगिताको लागी विवाहित महिलाहरु आफ्नो विभिन्न बाध्यता र समस्याहरुलाई पन्छाउँदै अडिसनसम्म आउँनुले सफलताको पहिलो ग्रीन सिग्नल मानेका छौ।प्रतियोगिताको तयारीको लागी गरिने बिभिन्न वर्कसप र सीप विकासका विभिन्न कक्षाहरुले उहाँहरुमा प्रतियोगीहरुमा अझ आत्मविश्वासका साथ आफुमा निहित प्रतिभा प्रर्दशनका लागि थप हौसला मिल्नेछ”। पहिलो अडिसनमै पर्याप्त सहभागी आएकोले दोस्रो अडिसन गर्न आवश्यक नरहेको अध्यक्ष टिका ले बताईन।
छनौट भएका प्रतियोगिताहरुलाई २५ तारीखबाट केहि दिनको मोडल बिनोद बस्नेतले कोरियोग्राफी गर्नेछन् भने चिफ कोरियोग्राफीका लागि नेपालबाट पूर्व मिस नेपाल सुगरिका केसी चाडै हङकङ आउँदैछिन।

प्रतियोगिताको ग्रान्ड फिनाले मे १३ तारिकका दिन याउमा तेई स्थित कम्युनिटी हलमा बेलुकी ५ बजेबाट सञ्चालन हुने आयोजकले बताएको छ।

प्रतियोगितामा विनर, फर्स्ट रनर अप र सेकेन्ड रनर अपले क्रमशः हङकङ डलर ७०००, ५००० र ३००० प्राप्त गर्नेछ।

 

 

मिसेस हङकङ नेपाल – २०१८ मा सहभागी प्रतियोगिताहरु,

अनिता राई,
डोल्मा रिन्जि,
नानु गुरुङ
करुणा प्रधान
सरस्वती चाम्लिङ्
सवित्रा ईङ्नाम
निता थापा
शान्ति खत्री
पबिता राई
मन्जु थापा
अनिता तामाङ

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार