६५ बर्षपछि उत्तर-दक्षिण कोरिया ऐतिहासिक वार्ता,शान्ति सम्झौता गर्ने घोषणा

  बगैचा सम्वाददाता


सोल
उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन मुन जे-इनको ऐतिहासिक वार्तापछि शान्ति सम्झौता गर्ने घोषणा गरेका छन् । ६५ बर्षपछि कोरियाली युद्ध अन्त्य गर्ने उद्देश्यले दक्षिण कोरियाका राष्ट्रपति मुन जे इन र उत्तर कोरियाली नेता किम जोङ उन यही वर्षभित्र शान्ति सन्धि गर्न सहमत भएका छन् । दुई देशका नेताले पानमुनजोम घोषणापत्र जारी गर्दै कोरियाली प्रायद्विपमा युद्ध अन्त्यका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् । दक्षिण कोरियाली राष्ट्रपति मुन र उत्तर कोरियाली नेता किमले हस्ताक्षर गरेको सम्झौता पत्रमा कोरियाली प्रायद्धिपमा शान्तिको नयाँ युग सुरु भएको उल्लेख छ । हस्ताक्षर पछि दक्षिणका राष्ट्रपति मुनले दुई देश बीचको आणविक कार्यक्रम बन्द गर्नु सह एजेण्डा हुने बताउनुभएको अमेरिकि सञ्चारसंस्था सिएनएनले जनाएको छ । गैरसैनिक क्षेत्रमा भएको वार्ता अघि दक्षिणका राष्ट्रपति मुनले नेता किमलाई दुई देशबीचको गैरसैनिक सिमा क्षेत्रमा स्वागत गरेका थिए । दुवै नेतालाई परम्परागत कोरियाली सम्मान गारद दिइएको थियो भने दुई देशको राष्ट्रियगान बजाइएको थियो । सन् १९५३ मा दुई कोरियाबीचको युद्ध अन्त्य भएयता दक्षिण कोरियाली भूमिमा पाइला टेक्ने किम पहिलो उत्तर कोरियाली नेता हुन् । यसअघि सन् २००० र २००७ मा भएको दुई कोरियाली प्रमुखबीच भेट पछि तेस्रो पटक वार्ता भएको हो । यसलाई दुई कोरियाबीचको सम्बन्धमा वषौंदेखि भइरहेका तनाव अन्त्यका लागि सुधारको सकारात्मक संकेतको रुपमा लिइएको छ । दुई देशमा रहेका परिवारबीच मिलन गराउने सम्झौतामा उल्लेख छ। यस्तै दुवै देशलाई आधुनीक रेल यातायात सुविधाले जोड्ने प्रतिवद्धता जनाइएको छ। यसै वर्ष हुने एसियन गेममा दुवै देश मिलेर खेल्ने जनाइएको छ। दुबै देशले उत्तर कोरियको गैसंगमा एक साझा कार्यालय खोल्ने घोषणा गरेका छन्। साथै यो वर्षको अन्त्यमा दक्षिण कोरियाका राष्ट्रपति मुनले उत्तर कोरिया भ्रमण गर्ने भएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार