महासंघको १९ औं वार्षिकोत्सवमा विभिन्न व्यक्ति सम्मानित

  टोपबहादुर याक्खा

२९ अप्रिल, हङकङ– हङकङमा रहेर वर्षभरि उत्कृष्ट कार्य गर्ने दुई दर्जन विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई सम्मान गर्दै हङकङ नेपाली महासंघको १९ औं वार्षिक उत्सव याउ तेई कम्यूनिटी हलमा सम्पन्न भयो ।
महासंघकी अध्यक्ष रिता गुरुङको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाली वाणिज्यदुतावास हङकङका महावाणिज्यदुत कमल प्रसाद भटृराई रहेका थिए भने कार्यक्रमको विशेष आकर्षण विशेष अतिथिका रुपमा रहेकी मिस नेपाल २०१८ स्रिंखला खतिवडा रहेकी थिईन ।
एन.आर.एन.एन. हङकङकी अध्यक्ष टिका गुरुङ, चेम्बर्स अफ कमर्सका अध्यक्ष डासुराम पराजुली, महासंघका सल्लाहकारहरु हेजेन राई, हर्क राना, हेम लिम्बु, लगायत महासंघमा आवद्ध विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधी एवं सामाजिक व्यक्तित्वहरु विशेष अतिथि तथा अतिथिका रुपमा रहेको उक्त कार्यक्रममा स्थानिय नेताहरु डी.ए.बी. चेयर लेडी तथा लेजिस्लेटिभ काउन्सिल मेम्बर मिसेस स्टेरी ली, लेजिस्लेटिभ काउन्सिल मेम्बर मिस्टर भिसेन्ट चेङ्गका साथै हङकङ प्रहरीबाट याउ चिम मोङ डिस्ट्रिकका पब्लिक रिलेसन पोलिस अफिसर ईभा समेत विशेष अतिथिका रुपमा कार्यक्रममा रहेका थिए ।
महासंघको अफिसियल गीतसंगै शुरु भएको औपचारिक कार्यक्रमलाई कार्यक्रमका सभापति र प्रमुख अतिथिद्धयद्धारा पानसमा इलेट्रिक बत्ति बालेर र विशेष अतिथिहरुद्धारा एकसाथ बेलुन फुटाएर उद्धघाटन गरेका थिए ।
हङकङमा रहेर वर्ष भरि समाज सेवा, शिक्षा, श्वास्थ्य, साहित्य, व्यावसाय, कलाकारिता लगायत विभिन्न विधामा महत्वपूर्ण  योगदान दिने २१ व्यक्ति तथा संघ संस्थाहरुलाई महासंघद्धारा सम्मान गरिएको थियो ।
यसरी सम्मानित हुनेहरुमा शिक्षा तर्फ सोलिसिटर एक नारायण शर्मा, डा.चुराबहादुर थापा र बहु प्रतिभाशाली विद्यार्थी रबिन सार्की, श्वास्थ्य तर्फ स्वास्थकर्मी ईन्द्र थेगिम लिम्बु, पत्रकारिता तर्फ कान्तिपुर साप्ताहिकका अनोज रोक्का, बगैचाडटकमका टोपबहादुर राई र एचकेदर्पणडटकमका अम्रित गुरुङ, साहित्य तर्फ कवि सुनिता गिरी र गीतकार भद्रकला आङबुहाङ राई, साँस्कृतिक तर्फ डान्सर सन्ध्या गुरुङ र बाग्लुङ नौमती बाजा समूह हङकङ, खेलकुद तर्फ नेप युनाइटेड फुटबल क्लब हङकङ, पेशा तर्फ लिङ्मा कन्स्ट्रक्सन एण्ड ईन्जिनियरिङ लिमिटेडकी डाइरेक्टर चन्द्रका राई (माया) र नेपाल फाइन्नास हङकङ, सक्रिय संघ संस्थाहरु तर्फ नेपाल क्लब हङकङ, संस्थाका सक्रिय सदस्य तर्फ हङकङ बडी बिल्डिङ एसोसिएशनका अध्यक्ष लोकराज लिम्बु, चौबिसे समाजका चन्द्र कुमार लिम्बु, महासंघका सक्रिय सल्लाहकारमा अर्चन गुरुङ र सक्रिय कार्यसमिति सदस्य रे राना रहेका छन् ।
त्यस्तै गरी समाज सेवा तर्फ सिता लिम्बु र हङकङ सरकारको चीफ एक्जक्यूटिभ कमेण्डेशन फर कम्युनिटी सर्भिस अवार्ड–२०१७ प्राप्त गरेकी एन.आर.एन.ए. हङकङ तथा महिला संघ हङकङकी अध्यक्ष राधिका गुरुङ (टिका) लाई समेत सम्मान गरिएको थियो भने नेपालबाट आएकी मिस नेपाल २०१८ स्रिंखला खतिवडा र गायक सुमित खड्कालाई समेत सम्मान गर्दै मायाको चिनो प्रदान गरिएको थियो ।
शुभकामना मन्तव्य राख्ने क्रममा महासंघका सल्लाहकार हेजेन राईले नेपाली समुदायमा महासंघको महत्व र पुरस्कार तथा सम्मानको इतिहास बारे बताएका थिए भने प्रमुख अतिथि कमल प्रसाद भटृराईले आउँने दिनहरुमा समेत महासंघले नेपाली समुदायको लागि अझ धेरै कार्यहरु गर्न सकोस भन्ने शुभेच्छा प्रकट गरेका थिए ।
कार्यक्रमको अन्तमा गायक सुमित खड्काले आफ्ना राष्ट्रभावले ओतप्रोत गीतहरु सुनाएका थिए भने सि.एस.टी.एन. सी.प्रोजेक्ट मार्फत नृत्यकला सिकिरहेका बालबालिकाहरुले नृत्य प्रस्तुत गरेका थिए । सोही क्रममा मिस नेपाल स्रिंखला खतिवडा, मिस हङकङ, पूर्व मिस हङकङ लगायत मिसेस हङकङ–२०१८ का प्रतियोगीहरुले समेत प्रस्तुती दिएर कार्यक्रमलाई थप आकर्षक पारेका थिए ।
हासंघका महासचिव नबिन सुहाङको श्वागत मन्तव्य रहेको उक्त कार्यक्रमलाई देवराज राईले संचालन गरेका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार