नरेन्द्र मोदी जनकपुर र मुक्तिनाथको दर्शन पश्चात मात्र काठमाडौं

  बगैचा सम्वाददाता

जनकपुर

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणको क्रममा वैशाख २८ गते भारतबाट हेलिकोप्टर चढेर सोझै जनकपुर अवतरण गर्ने कार्यतालिका तय भएको छ। जनकपुरस्थित जानकी मन्दिर र त्यसपछि मुक्तिनाथ मन्दिरमा पुगेर दर्शन पश्चात मात्र काठमाडौं पुग्ने मोदीको भ्रमण तालिका निर्धारण भएको गृहमन्त्री रामबहादुर थापाले बताएका छन् । आएका गृहमन्त्री थापाले मोदी भ्रमणको लागि भइरहेको पूर्व तयारीको स्थलगत अनुगमन गर्न मंगलबार जनकपुरमा स्थानीय सञ्चारकर्मीसँगको कुराकानीमा मोदीको भ्रमण वारे खुलाएका हुन् ।

‘भारतीय प्रधानमन्त्रीजीले जानकी मन्दिर र मुक्तिनाथ मन्दिरको दर्शन गर्ने योजना पुरानै हो । त्यसबेला केही प्राविधिक कठिनाइको कारण त्यो सम्भव हुन नसकेपछि यतिबेला धार्मिक भ्रमणको रुपमा उहाँको आगमन हुँदैछ’ जिल्ला प्रहरी कार्यालय, धनुषामा सञ्चारकर्मीसँग मन्त्री थापाले भने, ‘यस पटक हुन लागेको मोदीको भ्रमण नितान्त धार्मिक यात्राको रुपमा हुँदैछ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार